आजः १९ मंसिर २०७८, आईतवार

प्रधानमन्त्री देउवा आज पूर्वी नेपालका बाढी प्रभावित क्षेत्र जाने

काठमाडौँ ।  प्रधानमन्त्री  शेरबहादुर   देउवा आइतवार   (आज)  पूर्वी  नेपालमा  बाढी पहिरोबाट  भएको  क्षतिको  स्थलगत निरीक्षण गर्न जाँदै  छन् ।

प्रधानमन्त्रीको  प्रमुख स्वकीय सचिव भानु देउवाकाअनुसार   प्रधानमन्त्री  देउवाले   बाढीपहिरोले   बढी  प्रभावित भएको  पूर्वका विभिन्न जिल्लामा स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ

प्रधानमन्त्री देउवाको  टोलीमा सञ्चार  तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर  कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ, प्रधानमन्त्रीका प्रमुख स्वकीय  सचिव  भानु  देउवा  रहनेछन् ।

#dhangadhikhabar#