आजः १९ मंसिर २०७८, आईतवार

अछाममा खोलाले बगाएकी बालिकाको एक हप्तापछि अन्त्यष्टि

बमौसमी बर्षाका कारण अछाम जिल्लामा गत कात्तिक २ गते खोलाले बगाएर ज्यान गुमाएकी बालिकाका एक हप्तापछि अन्त्यष्टि गरिएको छ ।गत कात्तिक २ गते दिउसो खेतबाट घर फर्किँदै गरेकी ढकारी गाउँपालिका वडा नम्बर ३ हिच्माकी ७ बर्षकी महेशरा थापाको आईतबार जिल्ला अस्पतालमा पोष्टमार्टम गरि सोमबार अन्त्यष्टि गरिएको हो ।

स्थानीय जुतिखोलामा रहेको काठको पुल तर्ने क्रममा बर्षाले चिप्लो बनाएको पुलमा चिप्लिएर खोलामा खसेकी बालिकालाई बगाएको मृतकका बुवा महेन्द्र थापाले बताउनु भयो ।अविरल बर्षाका कारण बढेको खोलाले बगाउँदा ज्यान गुमाएकी उहाँलाई पोष्टमार्टमका लागि बोकेरै जिल्ला अस्पताल पु¥याईएको थियो ।

बर्षाले बाटोघाटो पूर्ण रुपमा अबरुद्ध भएको खोलानाला बढेको लगायतका कारण ढिलो गरी अस्पतालमा पु¥याएको र अस्पताल पु¥याएको १ दिनपछि पोष्टमार्टम गरिएको मृतकका काका जनक थापाले बताउनु भयो । मृतक बालिका स्थानीय कालिका आधारभूत विद्यालय हिच्मामा १ कक्षामा अध्ययनरत रहेकी थिईन् । रामारोशन टुडे