आजः १९ मंसिर २०७८, आईतवार

कांग्रेस पूर्व क्षेत्रिय सदस्य तिमिल्सैनाको खोजीका लागि निर्देशन दिने गृहमन्त्री खाँडको आश्वासन

अछाम । नेपाली कांग्रेस अछामका सभापती भरत कुमार स्वाँर नेतृत्वको एक टोलीले गृहमन्त्री बाकृष्ण खाँड संग भेटबार्ता गरेको छ ।

सभापती स्वाँरको नेतृत्वमा अछाम कांग्रेसका नेताहरु सहित गएको टोलीले गृहमन्त्रीलाई भेटेर बिगत ८ दिन देखि बेपत्ता रहेका कांग्रेस क्षेत्र नं। २ का पूर्व क्षेत्रिय सदस्य रेशमराज तिमिल्सैना खोजीका लागि थप पहल गर्न आग्रह गरेको छ ।

जवाफमा गृहमन्त्री खाँड सकरात्मक भएको र खोजीका लागि आवश्यक सहयोग गर्ने बचन दिएको सभापती स्वाँरले बताए ।

साथै अछामका अन्य समसामयिक बिषयमा समेत टोलीले गृहमन्त्री संग छलफल र सहयोगका लागि आग्रह गरेको कांग्रेस महासमिती सदस्य एवंम पञ्चदेवल बिनायक नगरपालिकाका उपप्रमुख अम्बिका चलाउनेले जानकारी दिईन् ।

टोलीले अछाममा बाढी पहिरोले गरेको असर र राहतको लागी माग समेत गरेको छ भने धेरै दिन देखि काठमाडौं मेडिकल कलेजमा उपचाररत कांग्रेस अछाम क्षेत्र नं। २ का क्षेत्रीय सभापति लक्षम्ण शाहको स्वास्थ उपचारका लागी समेत सहयोग माग गरिएको उनले बताईन् ।

छलफलमा कमलबजार इलाका प्रहरी कार्यलयको भवन निर्माणका लागी समेत माग गरिएको छगृहमन्त्री खाँडले तिमिल्सैनाको खोजीको लागी सम्बन्धित निकाय लाई निर्देशन दिने, बाढी र पहिरोको क्षती एकिन गरि सहयोग गर्ने र क्षेत्रीय सभापतिको उपचारमा सहयोग गर्ने बचन दिएको उपप्रमुख चलाउनेको भनाई छ ।

भेटघाटमा महासमिति सदस्य बलबहादुर कुवँर, कांग्रेस अछामका सचिव नम बहादुर शाही, जिल्ला समन्वय समितीका प्रमुख नर बहादुर कुन्वर लगायतको सहभागीता रहेको थियो ।