आजः १६ आश्विन २०८०, मंगलवार

लगातार चौथो जितसँगै इंग्ल्यान्ड सेमिफाइनलमा, श्रीलंका बाहिरियो

काठमाडौं – लगातार चौथो जितसँगै इंग्ल्यान्ड टि–२० क्रिकेट विश्वकप २०२१ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

संयुक्त अरव इमिरेट्स (युएई)मा जारी प्रतियोगिताअन्तर्गत सुपर १२ को समूह १ मा रहेको इंग्ल्यान्डले सोमबार राती श्रीलंकालाई २६ रनले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।टस हारेर व्याटिङको निम्तो पाएको इंग्ल्यान्डले प्रस्तुत गरेको एक सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा सबै विकेट गुमाएर एक सय ३७ रनमा सीमित बन्न पुग्यो

श्रीलंकाका वानिन्डु हसरंगा डी सिल्भाले ३४,भानुका राजापाक्षे र कप्तान धासुन सनकाले समान २६ रन जोडे पनि त्यो जितका लागि पर्याप्त भएन ।

इंग्ल्यान्डका लागि मोइन अली, अदिल रासिद र क्रिस जोर्डनले समाान दुई विकेट लिए ।यसअघि यंग्ल्यान्डले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ६३ रनको योगफल खडा गरेको हो ।इंग्ल्यान्डको जितमा ओपनर जस बट्लरको शतकीय पारी खेलेका थिए । प्लेयर अफ दि म्याच चुनिएका उनले अन्तिम बलमा छक्का प्रहार गर्दै अविजित १०१ रन बनाए ।

बट्लर जारी प्रतियोगितामा शतक पूरा गर्ने पहिलो खेलाडी हुन् ।इंग्ल्यान्डको जितका लागि कप्तान इयान मोर्गनले बनाएको ४० रन पनि महत्वपूर्ण रह्यो ।यता, श्रीलंकाका डी सिल्भाले तीन विकेट लिएका थिए । तेस्रो हारसँगै श्रीलंका भने सुपर १२ चरणबाटै बाहिरिएको छ । जारी प्रतियोगितामा श्रीलंकाले चार खेलमा एक जित मात्र निकाल्न सफल भयो ।

चार खेलमा शतप्रतिशत नतिजापछि ग्रुप वानमा  आठ अंक जोडेको इंग्ल्यान्ड शीर्ष स्थान पक्का गर्दै जारी प्रतियोगिता सेमिफाइनल प्रवेश गर्ने पहिलो टोली बनेको हो ।अस्ट्रेलिया र दक्षिण अफ्रिका क्रमशः दोस्रो र तेस्रो स्थानमा छ । उनीहरुको समान चार अंक छ । समान

दुई अंक जोडेका श्रीलंका र वेस्ट इन्डिज चौथो र पाँचौ स्थानमा छन् । छैटौ स्थानको बंगलादेशले भने खाता खोल्न सकेको छैन ।

#nepalwatch#