आजः १७ मंसिर २०८०, आईतवार

“यदि तपाईंलाई तपाईं अगाडि उभिएको राम्रो निस्कलंक उम्मेदवारलाई मतदान गर्न क्षेत्र, जात, धर्म, लिङ्ग, बर्णले छेक्छ र

कंग्रेस युवा नेता लोकेन्द्र साउद

      पछिल्लो समयमा सडकमा टायर बाल्दै राजनीतिमा स्थापित हुनेका भिड्मा देश बिदेशका राम्रा बिश्वबिद्धालयबाट अध्यन सकेर राजनीतिमा केही गर्छु भनेर आउने युवाहरूको संख्या पनि बढ्दो छ। सडकमा बालिने टायर, फ्याकिने इट्टा, पत्थरको राजनीतिले नचिन्ने समुहको प्रतिनिधित्व गर्ने युवाको आखामा नेपालको राजनीति कस्तो छ ? अन्तर्गत कंग्रेस युवा नेता लोकेन्द्र साउदसंग गरिएको समसामयिक कुराकानी:

*पहिलो पटक १४ औं महाधिवेशनलाई अनुभव गरेर आउनु भएको छ, राजनीतिक यात्रा कतिको लामो देख्नु हुन्छ ?

-प्रत्येक्ष अनुभवको रूपमा १४ औं महाधिवेशन पहिलो भएपनि देशको ठुलो प्रजातान्त्रिक पार्टीलाई अंगिकार गर्ने परिवारमा जन्मिनुको नाताले मैले १२ औं महाधिवेशनबाटै पार्टीलाई निहाल्दै आइरहेको छु भने नेपाली राजनीतिलाई त अझ देशले गृहयुद्ध बेहोर्दै गर्दा देखि महासुस गर्दै आइरहेको छु। मेरो राजनीतिक यात्राको कुरा म भन्दा पछि आउने पुस्ता कतिको ससक्त भएर कति चाडो आउँछ र हाम्रो नेतृत्वले कति चाडो नयाँ पुस्तालाई पार्टी र देश हाक्न सक्ने बनाउछ भन्ने कुरामा भर पर्दछ। पहिलो कुरा त अहिले आफैमा म पार्टी भित्र एउटा संघर्षरत युवा हु। झट्ट हेर्दा मेरो अगाडि अझै ७ वटा महाधिवेशन छन।

*- नेपाली राजनीतिमा आशा गरिएकाहरुलाई थिचेर राख्ने, फोहोरी बनाउन खोज्ने अभ्यास छ, यस्तो अवस्थामा तपाईंको पार्टीको नेतृत्वले तपाईंले भनेको जस्तो ससक्त युवाहरूका लागि ढोका खोल्दिन्छ त?

– इतिहास हेर्ने हो भने नेपाली कांग्रेस युवाहरुकै लगानीबाट जन्मेको पार्टी हो। थिचोमिचोलाई पार गरेर आउन सक्ने आट सामर्थ्य जुनसुकै पुस्ताले राख्नै पर्छ। जसरी हरेक स्मार्ट फोनहरुको नयाँ उत्पादन पुराना भन्दा उत्कृष्ट हुन्छन् त्यसरी नै नयाँ पुस्ता प्राविधिक, ज्ञान र सोचाइका दृस्ठिकोणले समयसुहाउदो उत्कृष्ट हुन्छन नै। मलाई अनुकुल लाग्ने समाज दुई तीन दशक पछि जन्मिएको बालकको लागि अनुकुल नहुन पनि सक्छ, तसर्थ त्यो दुई तीन दशक पछि जन्मिने बालकको भावना बुझ्ने नेतृत्व आउनै पर्छ। पार्टीमा मेरो लगानी धेरै छ भनेर आफू उपयुक्त नहुदा नहुदै पनि सार्बजनिक कुर्सीमा बसेर नाति पुस्तालाई खाडी धकेल्ने पाप पुरानो नेतृत्वले पनि गर्न हुदैन।नेतृत्व परिवर्तनका अनेकौं संकेतहरु १४ औं महाधिवेशनले देखाइसकेको छ र आधारहरु पनि प्रसस्तै बनेका छन।

*- आधारहरु ? जस्तै

– नेपाली कांग्रेसमा नेतृत्व छनौटको प्रक्रिया क्रीयाशिल सदस्यबाटै हुने हो । १४ औं महाधिवेशनमा सत प्रतिशात क्रीयासिल सदस्य थपिनु नै नेतृत्व परिवर्तनको पहिलो आधार हो। नयाँ थपिने सदस्यहरु भनेको सामान्यतया नयाँ पुस्त नै हुन। नयाँ पुस्ताले आफ्नो समयसुहादो नेतृत्व छनौट गर्छन । आउने १५ औं महाधिवेशनमा थपिने नयाँ सदस्यले अझ यो आधार बलियो बनाउनेछ। समय सुहाउदो नेतृतको विकल्प छैन।

*- अहिलेको राजनीतिक अवस्थालाई कसरी हेर्नु हुन्छ?

– सन्तुष्ट हुने ठाउँ तेति धेरै छैनन। देश संघीयतामा प्रवेश गरेको छ, संबिधान बनेको छ, एउटा आधार त बनेको छ। जबसम्म जनताहरुले यसको महसुस गर्दैनन् तबसम्म यी सबै लगभग फगत नै हुन। यस्तो कसैको नहोस् मानौ अहिले कोहिपनी नेतृत्वमा हुने ब्यक्तिहरूको स्वस्थ्यमा तलमाथि केही भैहाल्यो भने उहाहरुलाई अस्पतालमा कार्यकर्ताले कुरिदिनुपर्ने अवस्था छ, देहावसानमा दागबत्ती दिनु पर्यो भने छोराछोरीलाई बिदेशबाट आउने समय कुरेर लास दुई तिन दिनसम्म कुहाउनु पर्ने अवस्था छ। अधिकांश नेताका सन्तान यो देश बस्न मान्दैनन्। यो कुनै निश्चित दललाई आरोप लगाउन खोजेको हैन , समग्र दलका नेतृत्व यो कुरामा चुकिसकेका छन। नैनेतृत्वले आफ्नै सन्तान बस्न सक्ने देश निर्माण गर्न सकेका छैनन।

*- भनेपछि अवस्था गम्भीर छ?

– यसलाई गम्भीर भन्ने कि के भन्ने ? जुन देशको युवा युरोपको भिजा लाग्दा साथीहरूलाई पार्टीमा बोलाउछ, अभिभावक चाचाहुइया गर्दै आफन्तलाई फोन र समाजिक संजालमा खुसिको व्यक्त गर्छन, टोल क्षिमेकमा लड्डु बाढ्दै हिड्छन भने, देशको आगि यो शुभ संकेत पक्कै होइन।

*- संघीयता यो देशले धान्न सक्दैन भन्छन नि ।

– समस्य संघीयतामा होइन नेतृत्वको नियतमा हो। भ्रष्टाचारले संघीयतालाई बदनाम बनाएको छ। एउटा सामान्य ब्यावसायीले ५-७ सय कर्मचारी तलब दिएर पाल्न सक्छ भने देशले १-२ सय नेतृत्वमा रहने ब्यक्तिको खर्च बेहोर्न गार्हो होइन। अहिले पनि गाउघरमा नेता कार्यकर्ताले बजेटको ३०-३५ प्रतिशात सम्म कमिसन माग्ने गरेका जनगुनासोहरु प्रसस्तै सुनिन्छन। जुन देशमा आर्थिक अनुशासन छैन, ब्याक्तीगत स्वार्थका लागी कानुन र प्रणालीलाई नै भत्काइन्छ, त्यो देशमा जुनसुकै ब्यवस्था आएपनी काम गर्दैन।

*- पछिल्लो समय राजतन्त्रको आवाज चर्को सूनिन्छ, राजतन्त्रको पुनः स्थापित हुने कुरालाई कसरी हेर्नूहुन्छ ?

– यो जनताको राजनीतिक दल प्रतिको निराशापन हो। डिमोक्रेसीको विकल्प मोनार्की हुनै सक्दैन। राष्ट्रपति भनेको पुर्बको किरात पनि हो, पश्चिमको क्षेत्री पनि हो, उत्तरको शेर्पा पनि हो, दक्षिणको मधेसी थारु र यो देश भित्र बस्ने सम्पुर्ण दलित, राई, लिम्बू, मगर, स्वयं पुर्ब राजा ज्ञनेन्द्र शाहका सन्तान लगायतका सम्पुर्ण नेपालीहरु हुन। यसरी गणतन्त्रले कोहि जात वा सुक्रकिटको आधारमा यो देशको प्रमुख हुनको लागी रोक्दैन। तपाईं नै भनिदिनुस कि के तपाईंको खानदानको रगतको देशभक्तिमा शंका छ? बरु गणतन्त्रलाई धुमुल्याउने, फोहोर पार्ने कुपात्रहरुलाई जनताले आफ्नो मताधिकारको माध्यमले तह लगाउन ढिलो गर्न हुदैन।

*- तेसो भए तपाईंको आकलनमा देश समृद्ध कहिले हुन्छ र युवाहरूले स्वदेशमै रोजगार पाउँछन्?

– हरेक दिन बिश्व एउटा ग्लोबल भिलेजको रुपमा परिणत हुँदै गइरहेको छ। हामी जस्तो मुलुकका लागी यो नाफा र घाटा दुबै हो। यस्तो अवस्थामा हामिले आफ्नो देशको प्रतिस्पर्धाको क्षेत्र पहिचान गरि तेहि अनुरुपको बिकास गर्दै लैजानुपर्छ। यदि समयमै हामिले सहि कदम चाल्न सकेउ भने अबको समय हामी जस्ता देशहरुको हो। अबको डिजिटल युगमा हामी भुपरिबेष्ठित देश रहेनौ। एक क्लिकमै हाम्रो उत्पादन बिश्व बजारमा बेच्न सक्छौ। हाम्रा अगाडिहाम्रो प्रतिस्पर्धाका क्षेत्रलाई कसरी ब्राण्डिङ गर्ने भन्ने चुनौती छ। यो देशले गौतम बुद्धको मुर्ति बेचेरै अरबौ कमाउन सक्छ। के तपाईं भगवान सिता जन्मेको भुमिको माटो जसका कण कणमा भगवान सितालाई महसुस गर्न सकिन्छ, बाट बनाइएको मुर्तिलाई २-४ हजार बढी तिर्न तात्पर हुनुहुन्न ? अहिले पनि बैधानिक, अबैधाधिक र भारतसंग खुला सिमाका कारण देश भन्दा पर पुगेर ३०-३५ हजार कमाउनका लागि पसिना बगाउनेहरुको संख्या करिबकरिब ७० लाख माथी छ भन्ने अनुमान गर्न सकिन्छ। यो देशले बहादुर गोर्खाको नाम ब्रण्डिङ गरेर मात्रै बिश्व बजारमा १० लाख युवा सेक्युरिटि पठाएर अहिलेको ७० लाखले कमाउने रेमिट्यान्स संकलन गरेर बाकी ६० लाख युवालाई देश निर्माणमा स्वदेश फिर्ता गर्न सक्छ। दक्षिण एसिया क्रीकेटको भुमी हो, भारत र पाकिस्तान जस्ता देशहरूका लागि नेपाललाई न्युट्रल भेन्युका रुपमा विकसित गरि यो देशलाई बिश्व क्रीकेट जगतका अगाडि खेल पर्यटनका रुपमा मात्रै बिकास गर्न सकियो भने देश उभो लाग्न समय लाग्दैन। नेपालको मेडिकल शिक्षा पनि राम्रै मानिन्छ, हामी यस्लाई शैक्षिक हबको रुपमा पनि बिकास गर्न सक्छौ, जस्को लागि हामिले कच्चा पदर्थको ढुवानी गर्दै अन्तर्राष्ट्रिय बजारमा बेच्नु पर्दा आइपर्ने जस्ता झन्झट झेल्नु पर्दैन। सम्भावना प्रसस्तै छन। हामिले चिनबाट आउने पर्यटकलाई चिनकै आयातित फेन्सी गौतम बुद्धको मुर्ती बेचेर समृद्धि हासिल गर्छौ भन्ने मानसिकताबाट टाढा हुनुपर्छ।

*- त्यो जनताले समृद्धि महसुस गर्ने समय कहिले आउँछ?

– नेतृत्वमा सहि मान्छे नआएसम्म त्यो समय कहिल्यै आउदैन। देश बदल्न राजनीतिमा धेरै मानिस आवश्यक छैन, थोरै कठोर नैतिकता बोकेका ब्यक्ति भए पुग्छ। कमाईको राजनीति गर्नेहरु नै नेतृत्वमा पुग्दा देश बिकासको बाधकको रुपमा यो देश क्रोनी कैपिटलिज्मको भुमरीमा फस्दै गइरहेको छ। संबैधानिक अंगहरुले राम्रोसँग काम गर्न सक्ने अवस्था छैन। जनतालाई सुखी र समृद्ध महसुस गराउन देशलाई एउटा प्रणालीमा रहेर काम गर्ने बाताबरण बनाउनै पर्छ।

*- पछिल्लो समय देशले आर्थिक संकट भोग्दै गैरहेको खबरहरु आइरहेका छन, सरकारले बिलासिताका बस्तुको आयातमा रोक लगाएको छ, ब्यावसायिले रिण नपाउने अवस्था छ, के भन्नू हुन्छ ?

– केही आन्तरिक र केही बाहिरी कारणले अहिले देशले आर्थिक संकट बेहोरिरहेको छ। देशको कुल ग्राहस्त उत्पादन नै झन्डै २९ प्रतिशात बढी बिप्रेशणमा आधारित रहेकोले बिश्व श्रमिक बजारको उतारचढावले देशको अर्थतन्त्रलाई प्रभाव पार्नु स्वभविकै हो। कोभिड१९ को महामारी, बिश्व समुदायमा देश देशबीचको टक्राब लगाएतले हामिलाई पनि छोएको छ तर यस्को समाधानको लागि आन्तरिक रुपमा राज्य चलाउनेहरुले नै आफैबाट सुरुवात गर्न जरुरी छ। जनतालाई बिलासी बस्तुमा रोक लगाएर आफू सरकारी ढुकुटीको दुरुपयोग गर्दै लाखौंको इन्धन, करोडौंका गाडी प्रयोग गर्नु र जनतालाई देशकले आर्थिक संकट भोग्दैछ तिमीहरु महंगो उत्पादन प्रयोग नगर भन्नू आफैमा उचित होइन। नेतृत्वले जनताको बिश्वास त बटुल्न सक्नु पर्योयो नि।

*- स्थानीय चुनाव नजिकिदै छ, कसरी हेर्नु हुन्छ ?

– नेताहरुका लागि जनताको घरदैलो मै पुगेर सुखदुःख बाढ्दै जनताको सेवा गर्ने सबैभन्दा उत्तम माध्यम भनेकै स्थानीय चुनाव हो। चुनावको मिति तोकिए संगै विभिन्न दलका उम्मेदवारका आकंक्षीहरु पनि टिकटको अभ्यासमा हुनुहुन्छ। नेपाली कांग्रेस पनि यहि चरणमा छ। सरकारको नेतृत्व समहालिरहेको अवस्थामा अझ हामी माथी चुनावलाई सफल बनाउनु पर्ने अभिभारा पनि उत्तिकै छ।

*- पछिल्लो समय कैलाली क्षेत्र नम्बर दुईमा भेगियाताको राजनीतिले बढी प्रसय पाएको भन्ने छ, यसले तपाईंलाई कतिको छुन्छ?

– यो दु:खद हो। यदि तपाईंलाई तपाईं अगाडि उभिएको राम्रो निस्कलंक उम्मेदवारलाई मतदान गर्न क्षेत्र, जात, धर्म, लिङ्ग, बर्णले छेक्छ र तपाईंको हात लडबडाउछ भने तपाईं हामीले सरकारले निर्माण गर्ने बजेटमा मेरो घर अगाडिको बाटो, पुलपुलेसा पक्की बनाइदे भनेर माग गर्ने होइन, तपाईं हाम्रो मानसिकता एक्काइसौं शताब्दी सुहाउँदो बनाइदिन भन्दै तेस्का लागि बजेट छुट्टाइ दिन माग गर्ने हो र त्यो राज्यले पनि अझै केही दशकको बजेट मैले मेरा नागरिकको मानसिकता बदल्न लगानी गर्नुपर्छ भन्ने महसुस गर्ने हो। यो साच्चै गम्भीर कुरा हो, यो बाट समाजले जतिसक्दो चाडो उनमुक्ती पाउनुपर्छ। यस प्रकारको कुबिचारको बीउ रोप्ने राजनीतिक दलका खलनायकहरु जतिसक्दो चाडो बिस्तापित हुन जरुरी छ।

*- नेकपा एमालेको केपि ओलिको सरकारपछि नेपाली कांग्रेसको लोकपि्रयता बढेको देखिन्छ, इतिहास हेर्दा तपाईंहरुलाई जनताले छान्नुपर्ने खास कारण त छैनन्, के भन्नुहुन्छ ?

– गत चुनावले कम्युनिस्ट पार्टीको सरकारलाई जनताले ५ बर्ष देश चलाउन म्यान्डेट दिएका हुन, सेर बहादुर देउवा त दुर्घटनामा परेको सरकारलाई मुल सडकमा ल्याएर रेस्क्यु चालकको रूपमा प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ। यस्ले पनि के संकेत गर्दछ भने यो देशलाई गन्तव्य दिने नेपाली कांग्रेस नै हो। इतिहासलाई फर्केर हेर्ने हो भने पनि खोपिको राजतन्त्र, सडक सदन र जंगलमा रहेका कम्युनिस्टको विध्वंसलाई झेल्दै अहिलेसम्मको अर्थतन्त्र बनाउने पनि हामी नै हौ। हामिले जनताको इच्छा अनुसार सत प्रतिशात काम गर्न सक्नु पर्थ्यो, केही आफ्नै कमजोरी र केही बाहिरी प्रहारबाट अघि बढ्दै गर्दा हामीले त्यो सकेनौ। समग्रमा अन्य दलको तुलनामा हामीसंग बिनासको हिसाब छैन। हिसाब सकारात्मक नै छ, अझै पुगेको छैन, जिम्मेवारी बाकी नै छ।

*- देशभर स्वतन्त्र उम्मेदवारको लहर चलिरहेको छ, तपाईं कै क्षेत्रमा पनि मेयरका स्वतन्त्र उम्मेदवारहरु प्रसस्तै छन, के राजनीतिक दलसँग जनताको बिश्वास घटेको हो?

– बिश्वका केही मुलुकहरुमा स्थानीय चुनावमा पार्टीको उपस्थिति नहुने गरेको र स्वतन्त्र ब्यक्तिको उम्मेदवारी रहने गरेको उदाहरण पनि छन। हामी आफैमा अल्पबिकशित देश हौ, लामो द्वन्द, तेसपछीको संविधान निर्माण र बिनासकारी भुकम्प पछि जनताका नेतृत्वसंगका आशाहरु प्रसस्तै थिए। अल्पबिकशित मुलुक हुनुले पनि हामिसंग सिमित स्रोत साधनहरु छन जस्ले एकैपटक आवश्यकताहरु पुरा गर्न सकिने अवस्था छैन। तेसैमाथी राजनीतिक लुछाचुडिले जनतामाझ एक किसिमको निरासापन देखिएको छ, तेसैको परिणाम स्वतन्त्र उम्मेदवारीको लहर हो भन्ने अनुमान गर्न सकिन्छ।

*- अन्तमा के भन्न चाहानु हुन्छ ?

– चुनाव नजिकिदै छ, हामी १-२ लाख सापटी दिदा त धेरै पटक सोच्छौ, आसामीको पृष्ठभुमि हेर्छौ, फिर्ता गर्नसक्ने सामर्थ्य बुझ्छौ, आसामीले फिर्ता गर्न नसके कस्ले जिम्मा लिने भन्ने सम्मको जिम्मेवारी ब्यक्ति खोज्छौ भने शाहीदको रगतले ल्याएको मताधिकारको अधिकारलाई १-२ हजारमा बेच्ने होइन, यसको उच्चतम सदुपयोग गर्ने हो। मताधिकार लाखौं रुपैया भन्दा अमुल्य छ। तपाईं र तपाईंको सन्ततिको भबिस्य निर्धारण तपाईंको एक भोटले गर्नेछ। एक्काइसौं शताब्दीमा देश कस्तो हुने परिकल्पना हामी गर्छौ भने एक्काइसौं शताब्दीको जनता कस्तो हुने? त्यो बारे पनि सोचौ।

*- हा हा आफ्नो दललाई भोट माग्नु हुन्न ?

– हाम्रो दलगत दुश्मन भनेको गरिबी, अशिक्षा हो। म बिश्वस्त छु, यति सम्म विवेक राख्ने हरेक नागरिकले नेपाली कांग्रेसलाई नै मतदान गर्नुहुनेछ ।