आजः १६ आश्विन २०८०, मंगलवार

कैलालीमा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ

धनगढी । कैलालीमा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पुरुष पक्राउ परेका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ५१ वर्षीय पुरुषलाई गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

गत चैत्र ३० गते बालिकामाथि दुर्व्यवहार गरिएको खबर आएपछि तुरुन्तै उनलाई पक्राउ गरिएको कैलाली प्रहरीको भनाई छ । उनीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु भएको बताइएको छ ।