आजः २०७७ कार्तिक ५, बुधबार

कैलालीको चुरे गाउँपालिकामा सवइन्जिनियर २० हजार घुससहित पक्राउ

धनगढी : कैलालीमा एक जना सवइन्जिनियर २० हजार घुससहित पक्राउ परेका छन्। जिल्लाको चुरे गाउँपालिका घरखेडामा कार्यरत सवइन्जिनियर चन्द्रदेव भट्ट २० हजार घुससहित पक्राउ परेका हुन्।

कृषि सडकको इस्टिमेट नापजाँच तथा मुल्याङ्कन गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरबाट खटिई गएको टोलीले उनलाई पक्राउ गरेको हो।

उनलाई धनगढीबाट पक्राउ गरिएको छ। dinesh khabar bata