आजः २०७७ कार्तिक ९, आईतवार

बाटुलासेनमा मात्रै वर्षाले २ करोड भन्दा बढी क्षती:२१३ रोपनी जग्गा बगरमा परीणत ।।

एकेन्द्र खत्री, १४ साउन

अछामको रामारोशन गाउँपालीका वडा नम्बर ४ बाटुलासेनमा मंगलबार देखी परेको अविरल वर्षाले २ करोड भन्दा बढी क्षती गरेको छ । क्षतीको अनुगमन गर्दै वडाध्यक्ष केशबहादुर बटालाले एकै दिन परेको पानीले सवै भन्दा बढी क्षती गरेको बताउनु भयो ।

वडामा रहेका २ ओटा विद्युत घर पुर्णरुपमा क्षतीग्रस्त भएका छन् । तडेरोहा विद्युत हाउसको ४ मिटर कुलो भत्कीएको छ । विद्युतको मेसीनमा पानी पसेकाले मेसीन पनी पुर्णरुपमा बिग्रीएको छ । यस्तै गोगनछडा विद्युत परीयोजना पनी पुर्णरुपमा अबरुद्य भएको छ ।

२ ओटै विद्युतमा क्षेती पुग्दा वडामा बाटुलासेनको टोल नम्बर ४ बाहेका सवै टोलमा विद्युत अबरुद्य भएको छ । यस्तै घट्टेखोलाले धार परविर्तन गरी खेतमा पस्दा २ सय १३ रोपनी जग्गा बगरमा परीणत भएको छ । बजीरसिह विक, नन्दसिंह विक, बाले विक, दानसिंह विक, दिलु बिक, सेते विक, जंग विक लगायत २६ जनाको खेत बगरमा परीणत गरेको लक्षमण मयालले जानकारी दिनुभयो । टोल नम्बर ३ खौलाका ८ ओटा घर पनी जोखीममा रहेका छन् ।

जोखीममा रहेका घरका मानीसहरुलाई जोखीमयुक्क्त ठाउँबाट सुरक्षीत ठाउँमा सार्ने काम भैरहेको वडाध्यक्ष बटालाले बताउनु भयो । खौला नजीकै रहेको बाटुलासेन स्वास्थ्य चौकी समेत जोखीमा परेको छ । घट्टेखोलामा आयको पहिरोले बल्देखोला बाटुलासेन सडक समेत पुर्णरुपमा अबरुद्य भएको छ । सडक ठाउँठाउमा भत्कीएको छ । बाटुलासेनका ८ ओटा बस्तीमा समेत पहिरोले क्षेती गरेको छ ।