आजः २०७७ कार्तिक ५, बुधबार

रोश्नी र चिरन्जीवी सापकोटा एकसाथ , यो मुटुमा चिरा पर्‍याछ

काठमाडौं । पछिल्लो समय तीजका गीतहरुले बजार तताईरहेको बेला एउटा फरक शैलीको सेन्टीमेन्टल गीत टिकटकमा अत्याधिक छाइरहेको छ। त्यो गीत हो गायक बादल थापाको “हेर यो मुटुमा चिरा पर्‍याछ”, जुन गीतलाई यतिबेला अत्याधिक रुचाइएको छ।

बादल थापाकै शब्द संगीत रहेको उक्त गीतलाई चारैतिर दर्शक स्रोताले अत्याधिक रुचाएपछि राम्रा कलाकार राखेर अफिसियल म्युजिक भिडियो बनाइने भएको छ। उसो त उक्त गीतको सामान्य भिडियो बादलले निर्माण गरेर सार्वजनिक गरेका थिए। तरपनि गीत लोकप्रिय बनेपछि राम्रा कलाकार राखेर अझै उत्कृष्ट बनाउने मनसायले नयाँ भिडियो निर्माण गरिँदै छ।

बिन्दास मिडिया नेटवर्क प्रालीले निर्माण गर्ने नयाँ अफिसियल भिडियोमा कलाकार रोश्नी कार्की र चिरञ्जीवी सापकोटा एकसाथ देखिँदै छन् । रोश्नी विगत लामो समयदेखि थ्रीयटरमा अभिनय गर्दै आएकी अब्बल कलाकार हुन् । केही दिन अघि सार्वजनिक भएको रोश्नी अभिनित “मुसुक्क हाँस” बोलको म्युजिक भिडियो यतिबेला चर्चमा छ।।

यता, चिरञ्जीवी पनि लामो समयदेखि मिडिया क्षेत्र हुँदै कलाकारितामा अगाडि बढीरहेका सन्चारकर्मी एवम् कलाकार हुन् । यसरी, दुबैजना अब्बल कलाकारहरु आवद्ध भएको बन्ने उक्त “चिरा पर्‍याछ”को भिडियो कस्तो बनेर सार्वजनिक होला भनेर दर्शकहरू यतिबेला प्रतिक्षित छन् ।

भिडियोलाई ज्ञानेन्द्र शर्माले खिच्दैछन भने सृजन बरालले निर्देशन गर्दैछन् । अबको केही दिनमै सार्वजनिक गर्ने गरि भिडियो निर्माण भइरहेको कलाकार चिरञ्जीवी सापकोटाले जानकारी दिए।