आजः २२ श्रावण २०७९, आईतवार

सुर्मा गाउँपालिसंगै , बझाङका ६ ओटा पालिकामा काँग्रेसको जित

धनगढी । बझाङको सुर्मा गाउँपालिकामा नेपाली काँग्रेसका खडक बोहरा अध्यक्षमा विजयी भएका छन्। उनी नेकपा एमालेका दिपक बोहरालाई ४९७ मतले पछि पार्दै विजयी भएका हुन्।

उपाध्यक्षमा पनि काँग्रेसकै रमलाकुमारी मन्डेल पुजारा विजयी भएकी छिन्। उनी एमालेकी माता बोहरालाई १०६ मतान्तरले पराजित गर्दै विजयी भएकी हुन्। योसँगै काँग्रेसले बझाङमा  बुङ्गल नगर पालिका  , बितत्थड चिर , सुर्मा गाउँ पालिका , चैनपुर ,छबिसपाथिभेरा ,खप्तड छान्ना गरि ६ ओटा पालिकामा जितेको छ। एमालेले ३ पालिका, माओवादी केन्द्रले २ पालिका र नेकपा एकीकृत समाजवादीले १ पालिकामा जित हाँसिल गरेको छ।