आजः २२ श्रावण २०७९, आईतवार

सुनको भाउ घट्यो

काठमाडौँ । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ ।

गएको शुक्रवार तोलाको ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९७ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी हिजो तोलाको १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएकोमा आज १५ रुपैयाँले घटेर १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको छ ।