सुनको मूल्य ६ सय रुपैयाँले घट्यो
काठमाडौ। मंगलबार सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ।
आज सुन तोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।आज चाँदीको मूल्य पनि घटेको छ।
हिजो १ हजार २९० रुपैयाँ रहेको चाँदीको मूल्य आज घटेर तोलाको १ हजार २७५ रुपैयाँ भएको हो।