कैलालीकी गजलकार सुमन ‘स्मारिका’को शब्दमा रहेको ‘ए माया’ बोलको गीत सार्वजनिक
धनगढी । कैलालीकी गजलकार सुमन ‘स्मारिका’को शब्दमा रहेको ‘ए माया’ बोलको आधुनिक गीत मंगलबार जीवन परिवेश युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
गीतमा जीवन परिवेशको स्वर सुन्न सकिन्छ भने सङ्गीतकार दीपकराज विश्वकर्माको संगीत, एरेन्ज र मिक्सिंङ्ग रहेको छ । भिडियोमा सञ्चारकर्मी नरेश भट्टराई र उषा उप्रेतीको अभिनय हेर्न सकिन्छ भने युवराज बाइवाले भिडियो निर्देशन गरेका हुन् । भिडियो छायाङ्कन निश्चल पौडेल र सम्पादन विकास दाहालले गरेका छन् ।
भिडियोमा प्रेमभाव समेटिएको देखिन्छ । गीतले महिलाको सुन्दरताको बयान गरेको छ । मान्छे आफैँमा सुन्दर हुन्छ, त्यसका लागि शृंगार आवश्यक पर्दैन । प्रकृतिले शृंगार नगरेजस्तै प्रकृतिले मान्छेलाई दिएको यो रुप उसै राम्रो छ मान्छेको सोचाइ स्वच्छ हुनुपर्छ भन्ने सकारात्मक सन्देश प्रवाह गर्न खोजिएको छ ।
प्रकृतिमा आफैँ रम्न आवश्यक छ, रम्नका लागि मायाप्रेमको आवश्यकता पर्छ भन्ने भावसमेत गीतमार्फत प्रस्तुत गरिएको छ ।