भोलि गायिका इन्दिरा जोशी विवाह गर्दै
धनगढी । गायिका इन्दिरा जोशी र प्रेमी शरद् केडियाबीच आगामी मंगलबार विवाह हुने भएको छ । आइतबार वक्तव्य जारी गर्दै इन्दिराले जेठ ३१ गते विवाह हुने जनाउनुभएको हो ।
‘भगवान् र हाम्रो परिवारको आशीर्वादसहित हाम्रो बिहेको खबर सुनाउन पाउँदा हामीलाई हर्षानुभूति भएको छ,’ इन्दिराले वक्तव्यमा भन्नुभएको छ ।, ‘हामीप्रति शुभेच्छा राख्नुहुने सबैप्रति आभार व्यक्त गर्दछौँ, आशा छ आगामी जीवन अहिले भन्दा झनै सुन्दर हुनेछ ।’
इन्दिरा र शरद्को विवाह टोखास्थित एक अपार्टमेन्टमा हुने पारिवारिक स्रोतले जनाएको छ । तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले एक वर्षअघि सगरमाथा क्षेत्रको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए । उनीहरूले मेहेन्दी उत्सव भने गरिसकेका छन् ।
शरद् फेसन डिजाइनर हुन् ।