आजः २२ श्रावण २०७९, आईतवार

सुनको भाउ घट्यो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन र चाँदीको भाउमा गिरावट आएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला १८ सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९७ हजार १ सय रुपैयाँमा आइपुगेको छ।त्यस्तै तेजावी सुनको भाउ पनि ९६ हजार ६ सय रुपैयाँमा झरेको हो।

महासंघकाअनुसार चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेको छ।चाँदी प्रतितोला १२४५ रुपैयाँमा कारोबार भइरहेको छ।