आजः १७ मंसिर २०८०, आईतवार

सर्जक विष्णु भण्डारीको शब्दमा रहेको ‘खोलीको पानी’ बोलको गीत सार्वजनिक

धनगढी । गुल्मीका सर्जक विष्णु भण्डारीको शब्दमा रहेको ‘खोलीको पानी’ बोलको लोक आधुनिक गीत यही शुक्रबार सरोज पोखरेल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
गीतमा नेपाली साहित्यमा मूलतः काव्य विधामा कलम चलाउने गुल्मीका सर्जक/गीतकार विष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत रहेको छ। उक्त गीतमा गायिका अस्मिता अधिकारी र नवगायक मनोज खनालको स्वर सुन्न सकिन्छ । गीतलाई सुनिल परियारले एरेन्ज गरेका हुन् भने मोडल द्वय समारिका ढकाल र प्रिन्स विश्वकर्माको अभिनय रहेको उक्त गीतको भिडियो साजन कट्टेलले निर्देशन गरेका छन् ।

गीतमा प्रेमी भएर पनि दोधारमा रहेकी आफ्नी प्रेमिकालाई फकाउन प्रयास गर्छ। आफ्ना दुःखका दिन बिस्तारै हटेर जानेछन् धैर्य गर, तिमीलाई जीवनभरि खुसीसँगै साथ दिन्छु भन्ने भाव प्रष्ट पारिएको छ । प्रेमिकासँगको भलाकुसारीलाई गीतमा उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ। गीतको भिडियोमा रहेको कथा वस्तु, शब्द, संगीत र गायनको समग्र मिश्रणले गीतलाई थप मीठो बनाएको छ ।