आजः १६ फाल्गुन २०८०, बुधबार

कैलालीको अत्तरियामा मलको माग गर्दै चक्काजाम

धनगढी । कैलालीको अत्तरिया चोकमा चक्काजाम गरिएको छ । कैलाली कञ्चनपुरका किसानहरुले मलको माग राख्दै आधा घण्टा सडकमा चक्काजाम गरेका हुन ।

कृषि उपज थोक बजार तथा सरोकारवाला किसानहरुको आयोजनामा गरिएको उक्त बिरोध कार्यक्रममा किसानलाई मलखानको व्यवस्था गर्न र २०७८ साल कात्र्तिकमा बर्षाबाट भएको क्षतिपूर्ति दिन माग गरिएको थियो ।

चक्काजाम अघि किसानहरुले अत्तरिया चोक परिक्रमा गरेका थिए । आन्दोलित किसानहरुले ‘समयमा मल बिउ तब जोगिन्छ हाम्रो जिउ’, ‘नो फार्मर नो फूड’, ‘हामी किसान उत्पादन गर्ने जनशक्ति हो’, ‘देशको भबिष्य किसान बिना सम्भव छैन’ लगायतका नारा लेखिएका पम्पलेट बोकेका थिए ।