सुनचाँदीको भाउ बढ्यो
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन र चाँदीको भाउ बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ३ सय रुपैयाँ पुगेको छ।त्यस्तै तेजावी सुनको भाउ पनि ९६ हजार ८ सय रुपैयाँ पुगेको छ।
चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १४६५ रुपैयाँमा कारोबार भइरहेको छ।