आजः २२ श्रावण २०७९, आईतवार

आज प्रधानमन्त्री सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने

कञ्चनपुर । प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा उपस्थित हुँदैछन्। विश्वविद्यालयको १३ औं स्थापना दिवसको अवसर पारेर गर्न लागिएको दीक्षान्त समारोहमा कुलपतिका हैसियतले देउवा सहभागी हुनेछन्। यस्तै शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेल पनि समारोहमा उपस्थित हुनेछन्।

कार्यक्रममा भारतको कुमाउ विश्वविद्यालयका कुलपति प्राध्यापक नरेन्द्रकुमार जोशीलाई प्रमुख अतिथि बनाइएको छ। विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले अध्ययनरत एक हजार ५८ विद्यार्थी दीक्षित भए पनि ३१८ विद्यार्थी मात्रै कार्यक्रममा सहभागी हुने बताए।

उनले स्नाकोत्तरमा चारजनाले कुलपति पदक, स्नातक तहमा आठजनाले उपकुलपति पदक गरी ५८ जनाले स्वर्णपदक पाउने जानकारी दिए।

twitter sharing button
messenger sharing button
whatsapp sharing button
sharethis sharing button