आजः १४ जेष्ठ २०८०, आईतवार

भाइले गरे आफ्नै दाइको हत्या

वीरगंज। पर्सामा एक जना भाइले आफ्नै दाइको हत्या गरेका छन्। पकाहामैनपुर गाउँपालिका वडा नं १ धोरेका ५३ वर्षीय महेश रामले आफ्नै दाइ दशई राममाथि लाठी प्रहार गरी हत्या गरेका हुन्।

गएराति साढे ११ बजे घरायसी विषयमा विवाद हुदाँ दुबै जनाको परिवारबीच झडप भएको थियो। महेशको लाठी प्रहारबाट गम्भीर घाइते भएका दशइ रामको उपचारको क्रममा मृत्यु भएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए।

दशइको शव अहिले पोस्टमार्टमको लागि नारायणी अस्पतालमा राखिएको छ। घटनामा संलग्न महेश रामकी पत्नी प्रहरीको नियन्त्रमा छिन भने महेश राम फरार छन्। उनको खोजी कार्य जारी रहेको छ।