आज ‘मिस नेपाल २०२२’ को ग्रान्ड फिनाले
काठमाडौं । ‘मिस नेपाल २०२२’ को ग्रान्ड फिनाले आज हुँदैछ ।कोरोना महामारीको कारण अघिल्लो २ वर्षमा रोकिएको मिस नेपालको ग्रान्ड फिनाले यसपालि भौतिक उपस्थितिमा ललितपुरको गोदावरीमा आयोजना हुन लागेको हो ।
बेलुका गोदावरीमा हुने ग्रान्ड फिनालेमा २४ जना सुन्दरीले ताजका लागि प्रतिस्पर्धा गर्दैछन् ।
८ सय जना सहभागी मध्ये २४ जना फाइनलका लागि छानिएका छन् । ९ वटा सब–टाइटलको विजेतासमेत घोषणा हुने तयारी छ । यसपटक मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थ छानिने छन् ।
आजको फिनालेमा नीति शाहसहित ११ जना निर्णायकको रुपमा रहनेछन् । बिजेतालाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्याइदिनेछिन् ।