आजः १७ मंसिर २०८०, आईतवार

जाजरकोट कुशे गाउँपालिका–७ का वडाध्यक्ष घर्तीको सुतेकै ठाउँमा मृत्यु

धनगढी । । जाजरकोटको कुशे गाउँपालिका–७ का वडाध्यक्ष मनबहादुर घर्तीको निधन भएको छ। उनको शुक्रबार राति निधन भएको हो।

आफ्नै घरमा राति सुतेका अध्यक्ष बिहान मृत अवस्थामा फेला परेका हुन्।गत स्थानीय तह निर्वाचनमा घर्ती नेकपा माओवादी केन्द्रबाट ३८० मतसहित निर्वाचित भएका थिए।

घरमै सुतिरहेका अवस्थामा उनको मृत्यु भएको खबर गाउँपालिका अध्यक्षमार्फत भएपछि अहिले प्रहरीको टोली त्यसतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले जानकारी दिए।

मृत्यु कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको छ। प्रजिअ शाहीकाअनुसार उनको मृत्यु कसरी भयो भन्नेबारेमा थप विवरण आइसकेको छैन्।