आजः २२ श्रावण २०७९, आईतवार

प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

काठमाण्डौ – प्रतिनिधि सभाको उपसभामुखमा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेस्की पुष्पा भुसाल निर्वाचित हुनुभएको छ ।

केहीबेर अघि भएको चुनावमा भुसालले एक सय ४८ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । भुसालको विपक्षमा ९३ मत खसेको थियो । एक सांसद तटस्थ बसेका थिए । प्रतिनिधि सभामा दुई सय ७१ जना सांसद रहेकामा दुई सय ४२ जना उपस्थित भएका थिए ।

भुसाललाई उपसभामुखमा चयन गरियोस् भन्ने प्रस्ताव पारित भएपछि एमालेकी भट्टराईको प्रस्तावमा मतदान नै गर्नु परेन । उपसभामुखमा भुसाल र भट्टराई उम्मेदवार थिए ।

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले गौतमले प्राप्त गर्नुभएको मत बहुमत भएकाले उहाँ उपसभामुख पदमा निर्वाचित भएको घोषणा गर्नुभयो । भुसाललाई सत्तारूढ गठबन्धनको समर्थन थियो ।

२०७६ माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि यो पद अहिलेसम्म खाली रहेको थियो । झन्डै साढे दुई वर्षपछि प्रतिनिधि सभाले उपसभामुख पाएको हो ।