नेपालको लगातार दोस्रो जित
भुवनेश्वर । नेपालले साफ यू(२० च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार श्रीलंकालाई ३(० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।
नेपाललाई जित दिलाउन कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे ।
पहिलो हाफमा श्रीलंकासँग गोलरहित बराबरीमा रोकिएको नेपालले ५८ औं मिनेटमा कप्तान आयुषको गोलबाट अग्रता बनाएको थियो ।
अभिषेक वाइवाको क्रसलाई श्रीलंकाली गोलकिपरले पन्च गरेपछि रिवाउन्डमा आएको बललाई आयुषले हाफ भलीमार्फत गोल गरे ।
खेलको ६५ औं मिनेटमा कृतिसले गोल गर्दै नेपाललाई २(० को अग्रता दिलाए ।
कप्तान आयुषले मिलाएको सर्ट पासलाई कृतिसले टप कर्नरमा सुन्दर गोल गरे ।
त्यसपछि खेलको ८४ औं मिनेटमा सुगमको पासमा मनग्यले गोल गर्दै नेपाललाई ३(० को जित दिलाए ।
जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ । नेपाल अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
यस अघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४(० गोल अन्तरले हराएको थियो ।
श्रीलंकाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा श्रीलंकालाई बंगलादेशले १(० गोल अन्तरले हराएको थियो ।