आजः २२ श्रावण २०७९, आईतवार

नेपाल कम्युनिस्ट पार्टी एसको वडा कमिटीको विस्तारित बैठक विभिन्न निर्णय गर्दै ढुंगाचाल्नामा सम्पन्न ।।

अछाम ।ढकारी गाउँपालिका वाड न .६ ढुंगाचाल्नामा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टीको वडा कमिटीको विस्तारित बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।वडा कमिटीका अध्यक्ष पूर्ण बहादुर विकको अध्यक्षतामा बसेको बैठकले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई , वाडमा पार्टीको रिपोर्टिङ गर्ने टोल टोलमा उपकमिटी गठन गर्ने निर्णय गरेका छ ।

साथै आगामी सङ्घ र प्रदेश सभाको चुनावमा सहयोग पुग्ने गरी पार्टीका गतिविधि कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको हो । एकीकृत समाजवादी पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य मान बहादुर बुढा प्रमुख अतिथि रहनु भएको बैठकमा पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य तथा अनेरास्ववियू केन्द्रीय कमिटी सचिवालय सदस्य देवेन्द्र बहादुर बुढा विशिष्ट अतिथि रहनु भएको थियो ।

अन्य अतिथिमा एकीकृत समाजवादी पार्टी जिल्ला कमिटी सचिवालय सदस्य भूपेन्द्र बुढा ,वाड नं ६ का वाड अध्यक्ष प्रकाश थापा , वाड सदस्य कर्ण बहादुर बुढा , जनक कामी ,जुना नेपाली , पद्मा देवी थापा , नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टी वाड न .६ का वडा कमिटी उपाध्यक्ष लोकेन्द्र वि क ,सचिव प्रकाश थापा, सहसचिव मान बहादुर बुढा लगायत अन्य सदस्यको सहभागिता रहेको वडा कमिटी सदस्य तथा नवनिर्वाचित सदस्य जनक कामीले जानकारी दिनुभयो ।