आजः १६ आश्विन २०८०, मंगलवार

मेल्लेख गाउँपालिका अध्यक्ष साउद र प्रधानमन्त्री देउवाविच भेटवार्ता सम्पन्न

मेल्लेख गाउँपालिका अध्यक्ष ज्वालासिंह साउद र प्रधानमन्त्री शेरबहादुर देउवाविच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवासमा अध्यक्ष सहितको टोलीले भेटवार्ता गरेको हो । भेटवार्ताका क्रममा अध्यक्ष साउदले प्रधानमन्त्री देउवालाई मेल्लेखका समस्याका वारेमा अवगत गराउनुभएको छ । विरावगर, ठाटी ऋषिदह पर्यटकीय मार्गमा आवश्यक वजेट, मेल्लेखमा सञ्चालित १५ सैया अस्पतालमा खानेपानीको व्यवस्था र विम्कोट दरवारको संरक्षणको लागि वजेटको माग गरेको अध्यक्ष साउदको भनाई रहेको छ । जवाफमा प्रधानमन्त्री देउवाले आवश्यक प्रक्रिया अघि बढाउनको लागि सम्बन्धित पक्षलाई निर्देशन दिएको अध्यक्ष साउदको भनाई रहेको छ ।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता भएको छ । भेटवार्ता क्रममा अध्यक्ष प्रचण्डसँग सेति लोकमार्ग र वुढीगंगा जलविद्युत आयोजनाको काम छिटो अघि बढाउनको लागि माग गरेको अध्यक्ष साउदको भनाई रहेको छ । जवाफमा अध्यक्ष प्रचण्डले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

यस्तै अर्थमन्त्री जनार्दन शर्मा, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरसँग पनि भेटवार्ता भएको छ । अर्थमन्त्री जनार्दन शर्मासँग अछामको समसामयिक समस्याका वारेमा पून छलफल हुने अध्यक्ष साउदले रेडियो जनप्रिय एफएमलाई जानकारी दिनुभयो । भेटवार्ता क्रममा अध्यक्ष साउद सहित निर्वतमान अध्यक्ष लोकबहादुर वोहरा, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य दिपक साउद, प्रदेश कमिटी सदस्य लोकबहादुर वोहरा अविरल, नेपाली कांगेसका नेता शेरबहादुर शाह लगायतको सहभागिता रहेको थियो ।