अखिल (क्रान्तिकारी) अछाम र युवा सङ्गठन नेपाल अछामको संयुक्त बैठक विभिन्न निर्णय गर्दै सुन्दर नगरी कमलबजारमा सम्पन्न
अछाम ।अखिल (क्रान्तिकारी ) अछाम र युवा सङ्गठन नेपाल अछामको संयुक्त बैठक सुन्दर नगरी कमलबजारमा सम्पन्न भएको छ । अखिल क्रान्तिकारी अछामका जिल्ला अध्यक्ष दीपेन्द्र जैगडिको अध्यक्षतामा बसेको बैठकले बजारको दैनिक उपभोग्य वस्तुको मूल्य घटेकोले कार्यान्वयन भए नभएको अनुगमन गर्ने ,जिल्ला विभिन्न निर्माण व्यवसायीहरूले मजदुरलाई ठगेको भन्ने गुनासोलाई मध्यनजर गरी ठेकेदारलाई कारबाही गर्ने निर्णय गरेको छ ।
साथै उक्त बैठकमा असोज १ गते देखि ८ गते सम्म काठमाडौँमा हुन गइरहेको नवौँ महाधिवेशनको प्रचारप्रसार गर्ने विषयमा छलफल भएको अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष दीपेन्द्र जैगडिले बताउनुभयो ।
उक्त बैठकमा नेपाल कम्युनिस्ट पार्टी अछामका जिल्ला सचिव मिना धामी, युवा सङ्गठन नेपालका जिल्ला संयोजक कुमार क्षेत्री लगायत विद्यार्थी नेता तथा कार्यकर्ताको सहभागिता रहेको अध्यक्ष जैगडिले जानकारी दिनुभयो ।