नेकपा एकीकृत समाजवादी ढकारी गाउँ कमिटीको ९ औँ विस्तारित बैठक ढकारीमा सम्पन्न
अछाम ।नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको ढकारी गाउँ सङ्गठन कमिटीको ९ औँ विस्तारित बैठक विभिन्न निर्णय गर्दै ढकारीमा सम्पन्न भएको छ । ढकारी गाउँपालिका गाउँ सङ्गठन कमिटीका सचिव वीर बहादुर साउद अध्यक्ष रहनु भएको बैठकमा नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला कमिटी सचिव नवराज साउद प्रमुख अतिथि रहनु भएको थियो ।
उक्त बैठकमा नेकपा एकीकृत समाजवादी पार्टी जिल्ला कमिटी सचिवालय सदस्य तथा अनेरास्ववियू केन्द्रीय कमिटी सचिवालय सदस्य देवेन्द्र बहादुर बुढा ,नेकपा ९एकीकृत समाजवादी० जिल्ला कमिटी सचिवालय सदस्य तथा युवा सङ्घ नेपाल केन्द्रीय कमिटी सचिवालय सदस्य भूपेन्द्र बहादुर बुढा ,नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी सदस्य दिल बहादुर थापा ,दान बहादुर बुढा , ढकारी गाउँपालिका दलित मुक्ति मोर्चा अध्यक्ष उत्तम वि क ,नवनिर्वाचित वाड नं। ६ का वाड अध्यक्ष प्रकाश थापा , वाड नं। ४ का वाड अध्यक्ष पहलवान थापा लगायत पालिका कमिटी सदस्यहरूको उपस्थित रहेको नेकपा एकीकृत समाजवादी पार्टी ढकारी गाउँपालिका सङ्गठन कमिटी सदस्य तथा युवा सङ्घ नेपाल जिल्ला कमिटी सह सचिव प्रवीण कुमार बुढाले जानकारी दिनुभयो ।
नेकपा एकीकृत समाजवादी ढकारी गाउँ कमिटीको ९ औँ विस्तारित बैठकले पार्टीको पालिका देखी वाड सम्म विस्तार भएको सङ्गठनको रिपोर्टिङ गर्ने , सिफारिस कमिटी गठन गर्ने, पार्टीको वाड कार्यालयको स्थापना गर्ने निर्णय गरेको हो । साथै उक्त बैठकमा आगामी सङ्घ र प्रदेश सभाको चुनावमा सहयोग पुग्ने गरी पार्टीका गतिविधि कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको नेकपा एकीकृत समाजवादी ढकारी गाउँपालिका सङ्गठन कमिटी सदस्य तथा युवा सङ्घ नेपाल जिल्ला कमिटी सह सचिव बुढाले बताउनु भयो ।