आजः १७ मंसिर २०८०, आईतवार

सुदूरपश्चिममा चट्याङसहित वर्षाको सम्भावना

धनगढी: सुदूरपश्चिममा आइतबार वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमा महाशाखाका अनुसार आज प्रदेशका धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको समभावना रहेको हो। सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ अवस्थित छ। देशैभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज सुदूरपश्चिमसहित बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।