आजः १६ आश्विन २०८०, मंगलवार

चलचित्र ‘प्रकाश’ले गर्याे उत्साहजनक व्यापार

भाद्र १३ धनगढी ।  शुक्रबारबाट प्रदर्शनमा अाएकाे चलिचत्र ‘प्रकाश’ले उत्साहजनक व्यापार सुरू गरेको छ । दिनेश राउतद्वारा  निर्देशित चलिचत्र ‘प्रकाश’का शनिबार २६ शो भन्दा बढी थिए आज अधिकांश शोहरू हाउसफूल रहेको मल्टिप्लेक्स संघका उपत्यका अध्यक्ष सुरेन्द्रकुमार थापाले बताए ।

‘बुटवल, पोखरा र नारायणघाटमा पनि व्यापार उत्साहजनक भएको छ । आइतबारबाट हामीले अझै शोहरू थपेका छौं,’ थापाले भने । दर्शकहरूको चाप बढ्दा पनि क्यूएफएक्सले साँझको शो नदिँदा प्रकाश टिम आक्रोशित बनेको थियो ।  ‘प्रकाश’ टिम रिसाएपछि साँझ क्यूएफएक्सले साढे पाँच बजेको शो थपेको पनि थियो ‌।

कर्णालीको कथा रहेको ‘प्रकाशमा अभिनेता प्रदीप खड्का र अभिनेत्री दिया मास्केको अभिनयलाई दर्शकले रुचाएका छन् ।