कक्षा १२ काे परीक्षा आजै प्रकाशित गर्ने तयारी
काठमाडाैं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षाफल प्रकाशित गर्नका लागि तयारी अन्तिम चरणमा पुगेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
सकेसम्म आज नै परीक्षाफल प्रकाशित गर्ने तयारीमा छौँ । १२/१ बजेसम्ममा प्राविधिक काम सकिए आजै नतिजा प्रकाशित हुन्छ’, उनले भने, ‘नभए भोलि प्रकाशित हुन्छ ।’
परीक्षार्थीले प्राप्त गरेको प्राप्तांक जोडेर रुजु गर्ने काम भइरहेको उनले जानकारी दिए।