सन्दीप लामिछानेविरुद्ध बलात्कारको उजुरी
काठमाडाैँ । नाबालिकामाथि जबर्जस्तीकरणी गरेको आरोपमा राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा जाहेरी परेको छ । मंगलबार काठमाडाैँ प्रहरी परिसरमा पीडितकातर्फबाट जाहेरी परेको हो ।
घटनाको विषयमा प्रारम्भिक अनुसन्धान भइरहेको भन्दै प्रहरीका कुनै पनि अधिकारीले औपचारिक रूपमा केही बताएका छैनन् । प्रहरीका अनुसार पीडितले स्न्याप च्याटमार्फत एक प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गर्ने गरेको र त्यसकै आधारमा भेट्न बोलाएर गएको ५ गते नगरकोट घुमाउन लगेको जाहेरीमा उल्लेख गरेकी छन् । नगरकोटबाट त्यही रात फर्किएर काठमाडाैँकाे एक होटलमा बसेको र त्यहीँ आफूलाई लामिछानेले जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।
लामिछाने अहिले क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् ।