आजः १४ जेष्ठ २०८०, आईतवार

लाजवती झारका फाइदाबारे जानी राखाैँ

काठमाडाैँ । लजावती झारलाई लाजवती वा लाजमान्ने  फूलको नामले पनि चिनिन्छ। यसको वानस्पतिक नाम भने माईमोसा पुदिका हो।हात वा अन्य कुनै वस्तुले छुने वित्तिकै यसको पात ओइलाएर बन्द हुने हुनाले यसलाई लाजवती झार भनिएको हो।

गाउँघरतिर यसलाई गाइवस्तुको घाँसको रुपमा पनि प्रयोग गरिन्छ। यसलाई जडिबुटी वा औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ।अभुमका हर्बल प्रा लि अहमदाबादका डाइरेक्टर डा दीपक आचार्य यही झारको औषधिय गुणको बारेमा विगत १५ वर्षदेखि भारतको विभिन्न क्षेत्रमा रहेर अध्ययन गरिरहेका छन्।

भारतको सुदूर आदिवासी अञ्चल जस्तै पातालकोट (मध्यप्रदेश), डांग (गुजरात) र अरावली (राजस्थान)का आदिवासिहररूले कसरि परम्परागत रुपबाट यसलाई औषधिकोरुपमा प्रयोग गर्दै आएका छन् र र यसले कसरी काम गर्छ भन्ने उनले अध्ययन गरेका छन् र यसलाई प्रमाणित गर्दैछन्।

गन्दे नामक झारको झोलले काटेको ठाउँमा बगेको रगतलाई तुरुन्तै नीको बनाए जस्तै लाजवती झारले पनि काटेको घाउलाई निको बनाउँछ। यति मात्रै होइन यो झार बहुउपयोगि  पनि छ।

यो झारको जराको दुइ ग्राम चूर्ण दिनमा तीन पटक मनतातो पानीसँग खानाले बाबाशिर वा अन्य कारणबाट हुने आन्तरिक घाउ छिट्टै निको हुने आचार्य बताउछन्। आधुनिक विज्ञानको अनुसन्धानअनुसार भाँचिएको हड्डि रर मांसपेशिको आन्तरिक घाउको उपचारको लागि लाजवती झार अति उपयोगि हुन्छ।

त्यस्तै, लाजवती झारको जरा तथा बिउको चूर्णलाई दूधसँग मिलाएर खानाले पुरूषमा हुने हुने वीर्यको कमीलाई धेरै कम गर्दछ। लाजवती झारको पातको धुलोलाई मख्खनसँग मिलाएर बाबाशिरको घाउमा दिनकाे दुइ वा तिनपटक लगाउनाले छिटाे निको हुन्छ।

त्यस्तै, यस्को पातलाई पिसेर नाइटो वरिपरि लगाउनाले धेरै पिसाब आउने समस्या बन्द हुन्छ। यसको पातको काड-पानी बनाएर खुवाउनाले मधुमेहको रोगिलाई धेरै फाइदा गर्छ।

त्यस्तै, यसको बिउको धुलाे बनाएर नियमित सेवन गर्नाले शारीरिक दुर्बलतामा पनि कमी ल्याउन सकिन्छ ।