आजः १७ मंसिर २०८०, आईतवार

गायक कमल खत्रीले गरे इन्गेजमेन्ट

काठमाडाैँ । आइतबार उनीहरूले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै आफूहरूबिच इन्गेजमेन्ट भएको जानकारी दिएका हुन् । एउटै स्टाटस सेयर गर्दै उनीहरूले जीवनको नयाँ अध्यायको सुरुवात भएको बताएका छन् ।

‘चाहना यति छ कि साथ तिम्रो होस र जीवन कहिले खतम नहोस् । जीवनको उतारचढावमा सदैव एक अर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाज अनुसार इन्गेजमेन्ट गरेका छौँ,’ उनीहरूले भनेका छन् ।

भ्वाइस अफ नेपालकी प्रतियोगी मेलिना र चर्चित गायक कमलबीच नेपालमा लकडाउन सुरु भएको बेलादेखि प्रेम सुरु भएको हो ।

कमलसँग गाएको ‘फिका फिका’ बोलको गीत हिट भएपछि मेलिना चर्चामा आएकी थिइन् । त्यति बेलादेखि नै उनीहरू नजिकिएका थिए ।आफूहरूको प्रेमलाई पूर्णता दिँदै उनीहरू विवाहवन्धनमा बाँधिन लागेका हुन् ।

नेपालप्रेस