‘‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार ” भन्ने मूल नाराका साथ अछाममा विभिन्न कार्यक्रम गर्दै ५८ औँ राष्ट्रिय बाल दिवस मनाइयो
भाद्र २९ मनिषा विक,अछाम : ‘‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार ” भन्ने मूल नाराका साथ अछाममा विभिन्न कार्यक्रम गर्दै ५८ औँ राष्ट्रिय बाल दिवस मनाइएको छ । यसै चरणमा ढकारी गाउँपालिकामा पनि राष्ट्रिय बाल दिवसको अवसरमा आधारभूत विद्यालय स्तरीय हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ । शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा कार्यक्रम गरिएको हो ।
ढकारी गाउँपालिका ११ विद्यालयको सहभागी भएको आधारभूत विद्यालय स्तरीय हाजिर जवाफ प्रतियोगितामा १०० वटा विविध विषयमा समेटेर प्रश्न तयार पारिएका थिए । शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खडक राज अधिकारीको अध्यक्षतामा भएको हाजिर जवाफ प्रतियोगितामा १३ अंकाका साथ गुरुकुल मावि ढकारी प्रथम , त्रीपुरासुन्दिरी मा वि घौडासैन ११ अंकाका साथ द्धितिय , पञ्चज्योती आ वि ९ अंकाका साथ तृतीय र विश्व ज्योति आ वि रिमा ८ अंकाका साथ सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् ।
सहभागी प्रतिस्पर्धी विद्यार्थीलाई सम्मान पत्र सहित पुरस्कार वितरण गरिएको थियो ।कार्यक्रमको प्रमुख अतिथिमा ढकारी गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साउद , विशिष्ट अतिथिमा निवर्तमान अध्यक्ष धन बहादुर बुढा , गाउँपालिका उपाध्यक्ष नेत्रकला देवी शाही ,नव नियुक्त गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत ,टेक नारायण पोखरेल , रोजगार संयोजक प्रेम बहादुर साउँद , महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख चाँदनी चन्द , लेखापाल विमल साउद , विद्यालयको प्रतिनिधित्व गरेर आउनु भएका शिक्षक शिक्षिका र विद्यार्थीको सहभागिता रहेको थियो ।