आजः १६ आश्विन २०८०, मंगलवार

अविरल बर्षाका कारण अछामको तुर्माखाँद ५ काडाँचौरमा २ घर पुरिए, ९ जना बेपत्ता

अछाम ।  अबरिल बर्षाका कारण अछाम जिल्लाको तुर्माखाँद गाँउपालिका वडा नं. ५ को काडाँचौर नाडामा गएरातीको पहिरो जादाँ २ घर पुरिएका छन् । पालिकाको वडा नं। ५ काडाचौरमा बस्ती माथि बाट पहिरो जाँदा घर पुरिएका हुन् ।

२ घर पुरिदाँ ९ जना बेपत्ता भएका छन् । बेपत्ता मध्ये २ जनाको सब भेटिएको छ भने बाँकी ७ जनाको खोजी कार्य भईरहेको स्थानिय प्रताप शाहले जानकारी दिएका छन् ।  बेपत्ता हुनेमा तुर्माखाद गाउँपालिका वडा नं. ५ का नेत्र बहादुर शाही र नेत्र बहादुर शाहीकी श्रीमती भाइको छोरी र रिट बहादुर शाहीको ५ जना परिवार रहेको स्थानिय प्रताप शाहीले जानकारी दिनु भयो ।

घट्नाको थप बिबरण आउन नसकेको र त्यसका लागि प्रहरी टोली त्यस तर्फ परिचालन गरिएको अछाम जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताउनु भयो । ।

अबिरल बर्षाका कारण सो क्षेत्रमा संचार सेवा समेत अबरुद्ध भएको नेपाली कांग्रेस अछाम क्षेत्र नं। २ का सभापती पुष्पराज शर्माले बतानु भयो  । बस्तीका अन्य घरहरु पनि उच्च जोखिममा रहेका उहाँले बताउनु भयो  ।