आजः २४ माघ २०७९, मंगलवार

विश्वभरका भू-वैज्ञानिकहरु पोखरा आउँदै

 

नेपाल भौगर्भिक समाजको आयोजनामा अन्तर्राष्ट्रिय स्तरको वैज्ञानिक सम्मेलन”३५ औं हिमालय-काराकोरम-तिब्बत वर्कसप (35th Himalaya-Karakoram-Tibet Workshop) नोभेम्बर २-४ मा पोखरामा सम्पन्न हुन गइरहेको छ । नेपाल र विश्वभरबाट २६० भू(वैज्ञानिक र अनुसन्धानकर्ताले आफ्नो अध्ययन र अनुसन्धान उक्त सम्मेलनमा प्रस्तुत गर्ने सम्मेलनमा गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय कृष्ण चन्द्र पोखरेल नेपालीको प्रमुख आतिथ्यतामा रहने कुरा सो सम्मेलनका प्रवक्ता इन्द्र लम्सालले बताउनुभयो ।

सन् १९८५ मा बेलायतको लेसेस्टर विश्वविद्यालयमा हिमालय क्षेत्रका वैज्ञानिकले पहिलोपटक हिमालयन कार्यशाला गोष्ठी सम्पन्न गरेका थिए । त्यसपछि दोश्रो, तेश्रो र चौथो सम्मेलनहरु क्रमशः फ्रान्स, बेलायत र इटालीमा सम्पन्न भएका थिए । भू(वैज्ञानिकहरुका अनुसार हिमालय र तिब्बती क्षेत्रको सकृय धरातलीय अवस्था र यसबाट उत्पन्न हुने प्राकृतिक प्रकोप यसका विविध आयामहरुको अध्ययनमा विगतका वर्षहरुमा भएको वृद्धिले यो सम्मेलनको बार्षिक बैठकको आवश्यकतालाई समेत समर्थन गरेको छ । नेपाल भौगर्भिक समाजले उक्त अन्तर्राष्ट्रिय सम्मेलनको निरन्तरताको रुपमा ३५ औं कार्यशाला पोखरामा आयोजना गरेको र यस्ता सम्मेलनले हिमालय क्षेत्रमा बसोबास गर्ने समुदायमा यस्ता नवीन अनुसन्धानको प्रचारप्रसार हुनु र यस क्षेत्रमा हुने भौगर्भिक प्रक्रियाहरुको सहि बुझाइले दिगो विकासमा समेत टेवा पुग्ने भौगर्भिक समाजका अध्यक्ष डा। अनन्तप्रसाद गजुरेल बताउनुहुन्छ ।

नेपाल भौगर्भिक समाजले सन् २०१२ मा २७ औं हिमालय(कारकोरम तिब्बत कार्यशाला आयोजना गरि सफलतापूर्वक सम्पन्न समेत गरिसकेको छ । यसअघिका ३३ र ३४ औं सम्मेलन क्रमशः स्विजरल्याण्ड र अमेरिकामा सम्पन्न भएका थिए । सन् २०२१ मा नेपालमा आयोजना गर्ने भनिएको ३५ औं सम्मेलन कोरोना भाइरसको विश्वव्यापी असरका कारण दुइपटक निर्धारित मितिभन्दा पछाडि सारिएको र कैयौं अनिश्चितताका बाबजुद तयारीको अन्तिम चरणमा प्रवेश गरेकोले उत्साहित रहेको कुरा उक्त सम्मेलनका संयोजक डा। कविराज पौड्यालले जानकारी दिनुभयो ।

जनताको समृद्धि र दिगो विकासका लागि भू(विज्ञानू नारा राखिएको उक्त सम्मेलनले भू(विज्ञान र इन्जिनियरिङ क्षेत्रका विशेषज्ञहरु, वैज्ञानिकहरु, प्राध्यापकहरु, अनुसन्धानकर्ताहरु, शिक्षाविद, नीति निर्माता, विद्यार्थी र पेशागत समुदायका व्यक्तित्वहरुबीच नवीनतम् ज्ञान, विज्ञान र प्रविधिका मौलिकताको बारे विचारहरु आदानप्रदान हुने लक्ष्य राखिएको छ । सम्मेलनबाट प्राकृतिक श्रोत परिचालन सम्बन्धि तथ्य तथा प्राकृतिक प्रकोप, जलवायु परिवर्तनबाट उत्पन्न असर न्यूनीकरणमा भइरहेका विश्वव्यापी प्रयास, अनुसन्धान, प्रविधिको प्रयोग तथा उपलब्धिका बारेमा ज्ञान आदानप्रदान हुने विश्वास गरिएको छ ।
उक्त ३ दिने सम्मेलन पोखराको होटल पोखरा ग्राण्डीमा आयोजना गरिएको र उक्त सम्मेलनमा स्वदेशी, विदेशी गरि ३०० भन्दा बढीको सहभागिता हुने कुरा आयोजक नेपाल भौगर्भिक समाजका महासचिव डा। लोक विजय अधिकारीले जानकारी दिनुभयो ।
यस्ता अन्तर्राष्ट्रिय स्तरका सम्मेलनले नेपालको विज्ञान प्रविधिको क्षेत्रमा विकास हुनुका साथै नेपालको समग्र पर्यटन क्षेत्रमा समेत टेवा पुग्ने विश्वास आयोजकले लिएको छ ।

उक्त सम्मेलनको अवसर पारेर दुई ओटा फिल्ड अध्ययन भ्रमण ९ँष्भमि भ्हअगचकष्यल० को पनि आयोजना गरिएको छ । उक्त अध्ययन भ्रमणमा सम्मेलनपूर्व काठमाडौं(पोखरा क्षेत्रमा भएका भौगर्भिक महत्वका स्थानको अध्ययन अवलोकन भ्रमण हुनेछ भने सम्मेलनपश्चात् पोखरा(मुक्तिनाथ क्षेत्रका उच्च हिमालय क्षेत्रमा अर्को अध्ययन भ्रमण राखिएको छ । दुवै अध्ययन भ्रमणमा विदेशी अनुसन्धानकर्ताको सहभागिता हुनेछ भने नेतृत्व नेपाली प्राध्यापक तथा अनुसन्धानकर्ताले गर्नेछन् ।
समाजका कोषाध्यक्ष श्री आशिष केसीका अनुसार करिब ५० लाखको अनुमानित लागत रहेको उक्त सम्मेलनमा विभिन्न सरकारी, गैरसरकारी तथा निजि क्षेत्रबाट आर्थिक सहयोगको अपेक्षा गरिएको छ ।

निर्माण व्यवसाय गर्ने, अध्ययन अनुसन्धानमा रुचि हुने भू विज्ञान र इन्जिनियरिङ क्षेत्रका व्यक्तिहरूलाई यो अन्तर्राष्ट्रिय सम्मेलन सुनौलो अवसर भएको र विद्यार्थीका लागि रजिष्ट्रेसन शुल्कमा सहुलियत दिइएको कुरा ३० औं हिमालय(काराकोरम(तिब्बत कार्यशालाका प्रवक्ता श्री इन्द्र लम्सालले बताउनुभयो । उक्त अन्तर्राष्ट्रिय सम्मेलनले अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान समेत दिने भएकाले कार्यक्रम सफल बनाउन सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने कुरामा समेत प्रवक्ता लम्सालले अनुरोध गर्नुभएको छ ।