आजः १४ मंसिर २०७९, बुधबार

वाम लोकतान्त्रिक गठबन्धनद्वारा ढकारी २ मा वडा स्तरीय चुनाव प्रचार प्रसार समिति गठन

मनिषा विक अछाम: वाम लोकतान्त्रिक गठबन्धन नेपाली काँग्रेस,माओवादी केन्द्र र एकीकृत समाजवादीको पहिलो बैठक ढकारी २ हिच्मामा सम्पन्न भएको छ । नेपाली काँग्रेसका वडा सभापति विष्णु प्रसाद रिमालको सभापतित्वमा बसेको बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनको जित सुनिश्चित गर्न चुनाव प्रचार प्रसार समिति गठन गरेको छ ।

नेकपा एकीकृत समाजवादीका नेता कर्णबहादुर साउद संयोजक,नेकपा माओवादी केन्द्र अछाम जिल्ला समन्वय समिति सदस्य लक्ष्मी प्रसाद रिमाल सह-संयोजक , भरत विक सचिव रहने गरी १९९ चुनाव प्रचार प्रसार समिति गठन भएको हो ।

उक्त बैठकमा एकीकृत समाजवादी पार्टी केन्द्रीय प्ररिषद सदस्य देवकला चलाउने, अनेरास्ववियु क्रान्तिकारी जिल्ला कमिटी अध्यक्ष लालबहादुर साउद लगायत वाम लोकतान्त्रिक गठबन्धनमा आस्थावान नेता कार्यकर्ताको उपस्थिति रहेको अनेरास्ववियु क्रान्तिकारी जिल्ला सचिवालय सदस्य तथा ढकारी गाउँपालिका इन्चार्ज सागर रिमाल (सिताराम )ले जानकारी दिनुभयो ।