आजः १७ चैत्र २०७९, शुक्रबार

वाम लोकतान्त्रिक गठबन्धनको पहिलो बैठक ढकारी १ ,३, ६ र ७ मा सम्पन्न

मनिषा विक अछाम : वाम लोकतान्त्रिक गठबन्धनको पहिलो बैठक ढकारी गाउँपालिका वाड नं १, ३, ६ र ७ मा सम्पन्न भएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन ढकारी गाउँपालिका वाड नं १ मा नेपाली काँग्रेसका वडा सभापति खगेन्द्र बुढा जैसीको अध्यक्षतामा , वाड नं ३ मा नेपाली काँग्रेसका वडा सभापति रङबहादुर बुढाको अध्यक्षतामा , वाड नं ६ मा एकीकृत समाजवादी वडा कमिटी अध्यक्ष पूर्ण बहादुर वि कको अध्यक्षतामा र वाड नं ७ मा नेपाली काँग्रेसका नेता रूपबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले मूल निर्वाचन परिचालन समिति गठन गरेको छ ।

वाड नं १ मा नेपाली काँग्रेसका वडा सभापति खगेन्द्र बुढा जैसी संयोजक ,नेकपा माओवादी केन्द्र अछाम जिल्ला समन्वय समिति सदस्य पदम विष्ट सह संयोजक ,नेकपा एकीकृत समाजवादी ढकारीगाउँ कमिटी उपसचिव पूर्ण विष्ट सचिव रहने गरी १५५ सदस्यीय , वाड नं ३ मा नेकपा एकीकृत समाजवादी नेता दानबहादुर बुढा संयोजक , रङबहादुर बुढा सह संयोजक रहने गरी २६ सदस्यीय मूल निर्वाचन परिचालन समिति गठन गरिएको हो ।

यस्तै वाड नं ६ मा एकीकृत समाजवादी वडा कमिटी अध्यक्ष पूर्ण बहादुर वि क संयोजक रहने गरी ५१ सदस्यीय र वाड नं ७ मा नम बहादुर थापा संयोजक २५ सदस्यीय रहने गरी मूल निर्वाचन परिचालन समिति गठन भएको छ । ढकारी गाउँपालिका वाड नं १, ३, ६ र७ मा भएको वाम लोकतान्त्रिक गठबन्धनको पहिलो बैठकमा सत्ता गठबन्धनमा आस्थावान नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।