वाम लोकतान्त्रिक गठबन्धनको वृहत चुनावी आमसभा ढकारी ७ मा सम्पन्न
मनिषा विक अछाम : अछाम निर्वाचन क्षेत्र नम्बर २ को सत्ता गठबन्धन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको वृहत चुनावी आमसभा ढकारी गाउँपालिका वाड नं।७ घोडाखाँदमा सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रका गाउँ कमिटी अध्यक्ष नम बहादुर थापाको अध्यक्षतामा भएको चुनावी आमसभाको प्रमुख अतिथिमा नेपाली काङ्ग्रेसका महासमिति सदस्य बलबहादुर कुवर रहनु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै महासमिति सदस्य कुवरले लोकतन्त्रका लागि लड्ने, संविधान निर्माणका लागि पनि महत्त्वपूर्ण योगदान पुर्याउने र गणतन्त्रका लागि लड्ने राजनीतिक दलबिच गठबन्धन भएको बताउँदै त्यसको फैसला गर्ने अधिकार अब नेपाली जनताको हातमा रहेको धारणा व्यक्त गर्नुभएको थियो ।
उहाँले गठबन्धनका सबै उम्मेदवारलाई जिताउन लाग्न सम्पूर्णलाई आग्रह गर्नुभयो । गाउँ गाउँमा सत्ता गठबन्धन विरुद्ध विभिन्न किसिमका भ्रमहरू फैलाएको भन्दै यसमा सत्यता नभएको र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले संविधानलाई नै धरापमा पारेको हुँदा यसको विरुद्ध गठबन्धन बनेको सत्ता गठबन्धन अछाम क्षेत्र नं २ प्रदेश सभा ख समानुपातिक पदका उम्मेदवार धनबहादुर बुढाले बताउनु भयो । साथै उहाँले गठबन्धने जित्ने सुनिश्चित भएपछि षड्यन्त्र भइरहेको बताउँदै सजक रहनु पर्नेमा जोड दिनुभयो ।
वृहत चुनावी आम सभाको विशिष्ट अतिथिमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य देवकला चलाउने , निर्वाचन परिचालन कमिटी संयोजक नवराज साउद, नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य नृपबहादुर थापा र नेकपा एकीकृत समाजवादीका प्रदेश सदस्य भक्तबहादुर शाही रहनु भएको थियो । आमसभा कार्यक्रममा नेकपा एमाले परित्याग गरी सुरेन्द्र बहादुर थापा ,करी कामी ,रतन कामी ,हस्त कामी ,मना कामी गठबन्धनमा प्रवेश गर्नुभयो ।
चुनावी आमसभाको अतिथिमा नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य शेरबहादुर बुढा , माओवादी केन्द्रका नेता तुलाराम उपाध्याय ,चुनाव परिचालन कमिटी सह संयोजक लालबहादुर भण्डारी , नेकपा एकीकृत समाजवादीका गाउँ कमिटी अध्यक्ष दिलबहादुर थापा , नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य कमल सिंह क्षेत्री ,अनेरास्वयी केन्द्रीय सचिवालय सदस्य देवेन्द्र बहादुर बुढा ,युवा सङ्घ नेपाल केन्द्रीय सचिवालय सदस्य भूपेन्द्र बुढा ,नेपाली काँग्रेसका प्रदेश सभापति रवीन्द्र शाही ,ढकारी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष लक्ष्मी साउद , नेपाली काँग्रेस ढकारी गाउँपालिका गाउँ कार्यसमिति सचिव टंक साउद , नेपाली काँग्रेसका नेता भवानी उपाध्याय , काँग्रेस वडा सभापति खगेन्द्र थापा , नेकपा माओवादी केन्द्र वडा अध्यक्ष रङे कामी, अनेरास्वयी क्रान्तिकारी जिल्ला सचिवालय सदस्य सागर रिमाल , नेबि संघ नेता भिमेश रिमाल लगायतको सहभागिता रहेको थियो ।
नेकपा एकीकृत समाजवादीका नेता रूप बहादुर थापाले स्वागत मन्तव्य राख्नु भएको चुनावी आम सभाको सञ्चालन नेपाली काँग्रेसका प्रदेश सहसचिव हरिश थापाले गर्नुभएको थियो ।