सहयोगी हातहरूको समूह (सहास) नेपालको प्रयासमा खाद्य सुरक्षा रूपान्तरण लिफ्ट परियोजना अन्तर्गत पालिका स्तरीय अभिमुखीकरण गोष्ठी ढकारीमा सम्पन्न
मनिषा विक अछाम : सहयोगी हातहरूको समूह (सहास) नेपालको प्रयासमा खाद्य सुरक्षा रूपान्तरण लिफ्ट अन्तर्गत पालिका स्तरीय परियोजना अभिमुखीकरण गोष्ठी ढकारीमा सम्पन्न भएको छ । सहयोगी हातहरूको समूह (सहास) नेपाल अछाम प्रमुख धिरज ढुङ्गानाले सहास नेपाल अछाममा पहिलो पटक र अछामका १० स्थानीय तह मध्ये ढकारी गाउँपालिका मात्र छनोट भएको बताउनुभयो । उहाँले सहास नेपालको सक्रियतामा विभिन्न समुदायमा आधारित सञ्जाल संस्थाहरू बनाई ती संस्थाहरू मार्फत निरन्तर रूपमा समुदायका संस्थागत विकास, आय आर्जन, सशक्तीकरण, भौतिक पूर्वाधार जस्ता मुख्य क्षेत्रहरूमा समर्थन र सहयोग गरिने बताउनुभयो ।
समुदायहरू संस्थागत रूपमा सङ्गठित भई आफ्ना समस्याहरूलाई सम्बोधन गर्न सक्षम हुने गरी जीवनस्तर सुधारको लागि स्वास्थ्य, सरसफाई, शिक्षा, आय आर्जन, भौतिक पूर्वाधार जस्ता कृयाकलापहरु कार्यान्वयन गरिने पनि बताउनुभयो ।स्थानीय श्रोत साधन, सिप र ज्ञानको अधिकतम प्रयोग गरी श्रोत (साझेदारी)अवधारणामा क्रियाकलापहरू कार्यान्वयन गरी जसबाट समुदायमा थप ३ देखि ६ महिना सम्म खाद्य सुरक्षाका लागि सहयोग पुग्ने र विकासका गतिविधिमा विशेष गरी महिला, दलित, आदिवासी जनजातिहरू सहभागिता र नेतृत्व वृद्धि गर्न आफ्ना हक अधिकार खोज्नको लागि सरकारी तथा गैरसरकारी विभिन्न निकायहरूमा अर्थपूर्ण उपस्थिति तथा सहभागिता हुन आवश्यक रहेको धारणा राख्नु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै ढकारी गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साउदले सहयोगी हातहरूको समूह (सहास) नेपाल संस्थाले जुन ढकारी गाउँपालिका लाई छनोट गरी विभिन्न समुदायमा आधारित सञ्जाल संस्थाहरू बनाई ती संस्थाहरू मार्फत निरन्तर रूपमा समुदायका संस्थागत विकास, आय आर्जन, सशक्तीकरण, भौतिक पूर्वाधार जस्ता मुख्य क्षेत्रहरूमा समर्थन र सहयोग गरिने एजेन्डा लाएकोमा संस्थालाई धन्यवाद दिँदै संस्थाले गर्ने विभिन्न कार्ययोजनाहरुको बारेमा पालिकालाई पूर्व जानकारी गराउनु पर्ने र यसमा पालिका बाट गर्न सकिने सहयोगका लागि तत्पर रहेको बताउनुभयो ।
ढकारी गाउँपालिकाको समन्वयमा पहिलो चरणमा ढकारीका ३ ,५, ७ र ८ नं। वाड छनोट भएका छन् ।पालिका स्तरीय परियोजना अभिमुखीकरण गोष्ठीमा ढकारी गाउँपालिका उपाध्यक्ष नेत्रकला देवी शाही, वाड अध्यक्ष , कार्यपालिका सदस्य ,प्रमुख प्रशासकीय अधिकृत टेक नारायण पोखरेल , विभिन्न शाखा प्रमुख , आइडिएस नेपाल ढकारी गाउँपालिका संयोजक हरिभक्त उपाध्याय लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन सहयोगी हातहरूको समूह (सहास) नेपाल संस्था हेल्थ टेक्निसियन मिना राईले गर्नुभएको थियो ।