वाम लोकतान्त्रिक गठबन्धनको वृहत चुनावी आमसभा ढुंगाचाल्नामा सम्पन्न
मनिषा विक अछाम : अछाम निर्वाचन क्षेत्र नम्बर २ को सत्ता गठबन्धन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको वृहत चुनावी आमसभा ढकारी गाउँपालिका वाड नंं। ६ ढुंगाचाल्नामा सम्पन्न भएको छ । चुनावी आमसभालाई सम्बोधन गर्दै सत्ता गठबन्धन अछाम क्षेत्र नं २ प्रदेश सभा ख समानुपातिक पदका उम्मेदवार धनबहादुर बुढाले अछामको विकास लोकतान्त्रिक बाम गठबन्धन बाट मात्रै सम्भव रहेको बताउनुभयो । त्यस्तै उहाँले केपी वलिले मुलुकमा एकतन्त्रीय शासनको अभ्यास गर्न थालेपछि वलिको घमन्ड लाई तोड्न बाम र लोकतान्त्रिक दल हरू एक ठाउँमा उभिएर संविधान लाई बचाएको बताउनुभयो ।
चुनाव परिचालन वाड कमिटी संयोजक तथा एकीकृत समाजवादीका वाड नं। ६ वाड कमिटी अध्यक्ष पूर्ण बहादुर विकको अध्यक्षतामा भएको चुनावी आमसभाको प्रमुख अतिथिमा नेपाली काङ्ग्रेसका महासमिति सदस्य बलबहादुर कुवर रहनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै महासमिति सदस्य कुवरले जनता माझ सधैँ झुटको खेती गर्ने काम एमालेले गर्ने गरेकोले त्यस्ता झुटा र भ्रम आश्वासनमा नपरी लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गर्नुभयो । जीत सुनिश्चित भएकोले ढुक्कका साथ गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सक्रिय रूपमा लाग्न पनि आग्रह गर्नुभयो ।
आमसभा कार्यक्रममा नेकपा एमाले परित्याग गरी २० जना गठबन्धनमा प्रवेश गर्नुभयो । वृहत चुनावी आम सभाको विशिष्ट अतिथिमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य देवकला चलाउने खत्री रहनु भएको थियो । अतिथिमा निर्वाचन परिचालन कमिटी संयोजक नवराज साउद, नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य नृपबहादुर थापा , नेकपा एकीकृत समाजवादीका प्रदेश सदस्य भक्तबहादुर शाही ,नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि टेक बहादुर विक , नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य शेरबहादुर बुढा , माओवादी केन्द्रका नेता तुलाराम उपाध्याय ,चुनाव परिचालन कमिटी सह संयोजक लालबहादुर भण्डारी रहनु भएको थियो ।
यस्तै अन्य अतिथिमा नेकपा एकीकृत समाजवादीका गाउँ कमिटी अध्यक्ष दिलबहादुर थापा , नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य कमल सिंह क्षेत्री ,अनेरास्वयी केन्द्रीय सचिवालय सदस्य देवेन्द्र बहादुर बुढा ,युवा सङ्घ नेपाल केन्द्रीय सचिवालय सदस्य भूपेन्द्र बुढा ,ढकारी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष लक्ष्मी साउद, अनेरास्वयी क्रान्तिकारी जिल्ला सचिवालय सदस्य सागर रिमाल लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।