आजः २४ माघ २०७९, मंगलवार

नेकपा(एकीकृत समाजवादी )ढकारी गाउँपालिका सङ्गठन कमिटीको विस्तारित बैठक ढकारीमा सम्पन्न 

मनिषा विक :नेकपा(एकीकृत समाजवादी )ढकारी गाउँपालिका सङ्गठन कमिटीको विस्तारित बैठक विभिन्न निर्णय गर्दै ढकारीमा सम्पन्न भएको छ । नेकपा एकीकृत समाजवादीका गाउँ कमिटी अध्यक्ष दिलबहादुर थापाको अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथिमा नेकपा(एकीकृत समाजवादी )प्रदेश कमिटी सदस्य भक्तबहादुर शाही रहनु भएको थियो ।
विशिष्ट अतिथिमा नेकपा(एकीकृत समाजवादी ) ढकारी गाउँपालिका इन्चार्ज शेरबहादुर बुढा र जिल्ला कमिटी सचिव नवराज साउद  रहनुभएको थियो ।
बैठकमा नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य कमल सिंह क्षेत्री , देवेन्द्र  बुढा ,भूपेन्द्र बुढा , मान बहादुर बुढा ,जिल्ला कमिटी सदस्य तिलक बहादुर साउद ,कर्ण बहादुर बुढा लगायत पाटिका नेता तथा कार्यकर्ताको उपस्थित रहेको नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य देवेन्द्र  बुढाले जानकारी दिनु भयो ।