आजः २४ माघ २०७९, मंगलवार

ढकारी गाउँपालिकाको १० औ गाउँसभा सम्पन्न

प्रदिप बटाला
ढकारी गाउँपालिकाको १० औ गाउँसभा सम्पन्न भएको छ । ढकार िगाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउँदको अध्यक्ष्यतामा भएको सभाका परिवेक्षक जिल्ला समन्वय समितिका सदस्य द्धारिका प्रसाद उपाध्याय रहनु भएको थियो । गाउँसभा कार्यक्रममा गाउँपालिकाका कार्यबिधि संसोधन तथा नयाँ कार्यबिधि सभाबाट पास गरिएको थियो ।

 

ढकारी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष उद्धवराज उपाध्यायको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउँदले गाउँ सभालाई सम्बोधन गर्दै ढकार िगाउँपालिकालाई अछाम जिललाको उत्कृष्ट गाउँपालिका बनाउने बताउनु भयो । पालिकालाई बिकासका लागि कुनै ,कुराको कमि नरहने बताउनु भयो ।

पालिका अध्यक्ष साउँदले ढकारी गाउँपालिकाको बिकास निर्माणका सवालमा पालिका कहिले पनि नचुक्ने जानकारी गराउनु भयो । ढकारी गाउँपालिकाको १० औ गाउँ सभामा ढकारी गाउँपालिकाका सरोकार वाला र ढकारी गाउँपालिका वडा नं. १ देखि ८ सम्मका वडा अध्यक्षले धारणा राख्नु भएको गाउँ सभाको सहजिकरण ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउँदले गर्नु भएको थियो ।