अहिले बन जंगल संरक्षण गरिएन भने भबिष्यमा सन्तानले सराप्ने ः अध्यक्ष साउँद
ढकारी गाउँपालिकाका अध्यक्ष प्रकास बहादुर साउँदले अहिले हामीले वन जंगललाई संरक्षण गर्नु भनेको भावि सन्तानका लागि भएको बताउनु भयो । डिभिजन वन कार्यालय अछामको आयोजनामा बन कार्यालय,स्थानिय सरकार र उपभोक्ता बिच अन्तरक्रिया कार्यक्रममा प्रमुख अथितिको आसनबाट बोल्दै अध्यक्ष साउँदले अहिले हामीले बन जंगल संरक्षण गर्न सकेनौ भने भबिष्यमा सन्तानले सराप्ने बताउनु भयो । साथै स्थानीय सरकार र सामुदायिक बनको समन्वय नहुन सक्दा सामुदायिक वन र सरकारको दुरी बढेको बताउनु भयो । अहिले आएको नयाँ एनले अब सामुदायिक वनको संरक्ष र अनुगमन स्थानिय सरकारले गर्ने बताउनु भयो । वन जंगलको संरक्षण गर्ने दायित्व समुदायका हरेक सदस्यको रहेकाले वन क्षेत्रको बिनासमा लाग्नु भन्दा संरक्षणमा लाग्न अनुरोध गर्नु भयो ।
डिभिजन वन कार्यालय अछामको आयोजनामा बन कार्यालय,स्थानिय सरकार र उपभोक्ता बिच अन्तरक्रिया कार्यक्रम ढकारीमा सम्पन्न छ । डिभिजन वन कार्यालय अछामका प्रमुख भोजराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ढकारी गाउँपालिका अध्यक्ष प्रकास बहादुर साउँद प्रमुख अथिति रहनु भएको थियो भने ढकारी गाउँपालिकाका उपाध्यक्ष नेत्रकला देवि शाही बिशिष्ट अथिति रहनु भएको थियो ।
डिभिजन वन कार्यालय अछामका वन अधिकृत गणेश ठगुन्नाले संचालन गर्नु भएको कार्यक्रममा ढकारी गाउँपालिकाका उपाध्यक्ष नेत्रकला देवि शाही,ढकारी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेक नारायण पोखरेलले मन्तब्य राख्नु भएको थियो । ढकारी गाउँपालिकामा रहेका सामुदायिक वन का अध्यक्ष एवम प्रतिनिधिहरुले सामुदायिक वनका समस्या एवम धारणा राख्नु भएको थियो ।