आजः १७ मंसिर २०८०, आईतवार

बिद्यालय बिमुखी किशोरहरुका लागि बाल,बिवाह,छाउपडि प्रथा सम्बन्धि सचेतना कार्यक्रम ढकारी वडा नं. २ मा सम्पन्न

बिद्यालय बिमुखी किशोरीहरुका लागि बाल,बिवाह,छाउपडि प्रथा सम्बन्धि सचेतना कार्यक्रम ढकारी गाउँपालिका वडा नं. २ मा सम्पन्न भएको छ । ढकारी गाउँपालिका महिला बालवालिका तथा जेष्ठ नागरिक शाखा ढकारीको आयोजनामा एक दिने बिद्यालय बिमुखी किशोरीहरुका लागि बाल,बिवाह,छाउपडि प्रथा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

ढकारी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष चन्द्र बहादुर साउँदको अध्यक्षतामा भएको कार्यक्रममा ढकारी गाउँपालिकाका वडा नं. २ का २० जना बिद्यालय बिमुखी किशोरीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष साउँदले हाम्रो समाजमा रहेको परम्परागत र अशिक्षका कारणले हुने बालविवाह रोक्न सबै लाग्नु पर्ने बताउनु भयो ।

नेपाल सरकारले निशुल्क रुपमा बितरण हुने आइरन चक्की र सेनिटरी प्याड स्वास्थ्य स्वयम सेविकाले बितरण गरे वडामा जानकारी गराउन पर्ने र बितरण नगरेको भए वडाले अनुगमन गर्ने प्रतिबद्धता समेत जनाउनु भयो । साथै वडा अध्यक्ष साउँदले हाम्रो समाजमा हुने जवरजस्ती करणी जस्ता घटनाहरुलाई लुकाएर राख्नु भन्दा कानुनी सहयता लिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा ढकारी गाउँपालिका वडा नं२ का वडा सदस्य नवराज नेपाली, वडा सदस्य इन्द्रा देवि शाही, सिता शाहीको सहभागिता रहेको थियो । ढकारी गाउँपालिका महिला बालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख चादँनी चन्दले सहजिकरण गर्नु भएको कार्यक्रमको प्रशिक्षण धमेँन्द्र बि सले गर्नु भएको थियो ।