आजः १७ चैत्र २०७९, शुक्रबार

बिद्यालय बिमुखी किशोरीहरुका लागि बाल,बिवाह,छाउपडि प्रथा सम्बन्धि सचेतना कार्यक्रम ढकारी वडा नं. ४ मा सम्पनन

बिद्यालय बिमुखी किशोरीहरुका लागि बाल,बिवाह,छाउपडि प्रथा सम्बन्धि सचेतना कार्यक्रम ढकारी गाउँपालिका वडा नं. ४ मा सम्पन्न भएको छ । ढकारी गाउँपालिका महिला बालवालिका तथा जेष्ठ नागरिक शाखा ढकारीको आयोजनामा एक दिने बिद्यालय बिमुखी किशोरीशरुका लागि बाल,बिवाह,छाउपडि प्रथा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

ढकारी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष पहलवान सिंह थापाको अध्यक्षतामा भएको कार्यक्रममा ढकारी गाउँपालिका वडा नं. ४ का २० जना बिद्यालय बिमुखी किशोरीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले हाम्रो समाजमा रहेको परम्परागत र अशिक्षाका कारणले हुने बालविवाह रोक्न आफ्नो घरबाट सुरु गर्नु पर्ने बताउनु भयो । बालबिवाह पछि जन्मीने बच्चालाई समेत असर पर्ने भएकाले बाल बिवाहले सामाजिक रुपमा समेत असर गर्ने बताउनु भयो । बालबिवाह गरेमा कानुनले नछोड्ने जानकारी गराउदै यदि बाल बिवाह गरेको भेटिएमा कानुनी कारवाही हुने बताउनु भयो । साथै वडा अध्यक्ष थापाले हाम्रो समाजमा ब्याप्त रहेको छाउपडी प्रथालाई न्यूनिकरण गर्न आफुबाटै सुरुवात नगरेसम्म न्यूनिकरण गर्न नसकिने बताउनु भयो ।

कार्यक्रममा ढकारी गाउँपालिका वडा नं. ४ का प्रसाशन सहायक सहायक जसु बुढाको स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा ढकारी गाउँपालिका वडा नं. ४ का वडा सदस्य मनिसा देवि साउँद,कर्ण बहादुर साउद,किथी कामी वडा सचिव अम्मर बिकको सहभागिता रहेको थियो । ढकारी गाउँपालिका महिला बालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख चादँनी चन्दले सहजिकरण गर्नु भएको कार्यक्रमको प्रशिक्षण धमेँन्द्र बिसीले गर्नु भएको थियो ।