सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार
धर्मेन्द्र बि सी
अछामको ढकारी गाउँपालिका वडा न ७ कि सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । सुत्केरी ब्याथा लागेकाे ५ दिन सम्म सुत्केरी हुन नसक्दा जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ७ घाेडाखाद कि २४ बर्सिया इन्द्रा थापाको साेमबार हेलिकप्टरबाट उद्धार गरिएको ढकारी गाउँपालिकाका उपाध्यक्ष नेत्रकला देवी शाहीले बताउनु भएको छ ।
बिहिवार साझ देखि सुत्केरी बेथा लागेकि थापाले बच्चा जन्माउन भने सक्नु भएको थिएन घाेडाखाद सामुदायिक स्वास्थ्य इकाईमा सुत्केरी हुन नसक्दा उनको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी ढकारी गाउँपालिकाको पहलमा थप उपचारका लागी नेपाली सेनाको एन ए कल साइन ०६६ नम्बको हेलिकप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत दुर्गम ठाउँका गर्भवती तथा सुत्केरी महिलाहरूलाई विभिन्न समयमा हेलिकप्टर मार्फत उद्धार गर्ने गरिएको अछामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनु भयाे ।