आजः १६ आश्विन २०८०, मंगलवार

नेपालले पनि बिद्धुतिय सवारीसाधनका निमित्त ठोस योजना बनाएर अगाडि बढ्नुपर्ने: माननीय अरुण कुमार चौधरी

माननीय अरुण कुमार चौधरीले अब बिजुली गाडिको युग सुरु भएको र जसकालागि नेपालले पनि योजना सहित अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभएको छ।

कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको प्रतिनिधित्व गर्ने माननीय अरुण कुमार चौधरीले सदनमा बढ्दो इन्धनको मुल्य र बाताबरण प्रदुषणले पछिल्लो समय बिश्व समुदायको ध्यान बिजुली गाडी तिर तानिएको अवस्थामा नेपालको प्रतिस्पर्धात्मक क्षेत्र रहेको जलबिद्धुतलाई टेवा पुग्ने बिजुली गाडीको बढावाका निमित्त नेपालले पनि ठोस योजना सहित अगाडि बढ्नुपर्नेबारे जोड दिनुभएको हो।

बजेट निर्माणको पुर्बसन्ध्यामा माननीय चौधरीले न्यून संचालन लागत लाग्ने यो प्रबिधिले नेपालको यातायात क्षेत्रमा क्रान्ति ल्याउने र आयातको ठुलो हिस्सा ओगटने इन्धनलाई निरुत्साहित पारेर ब्यापार घाटा कम गर्न सकिने बारे सदन समक्ष राख्नु भयो। जसका निमित्त नेपालले बिजुली गाडीलाई सहयोग पुग्ने भौतिक पुर्बाधारहरु निर्माण गर्नुपर्ने, ब्याट्री स्वैपिङ पोलिसीलाई आउने बजेटमा समेट्न पर्ने, सरकार र निजि क्षेत्रले चार्जिङ् स्टेसनका लागि सहकार्य गर्न पर्ने, दीर्घकालमा नेपाल मै बिजुली गाडी उत्पादन गर्ने बाताबरणको सृजना गर्नपर्ने, ब्यापारीक भवन तथा ठुला होटेलका नक्सा पास गर्दा नै अनिवार्य चार्जिङ स्टेसन ब्यावस्थाको कानुनी प्रबन्ध गर्नुपर्ने लगायत तत्काल राजमार्गमा पर्ने पर्यटकीय स्थलहरुमा चार्जिङ स्टेसनको ब्यावस्था गर्नुपर्ने बुदाहरु राख्नु भएको थियो।