चलचित्र ‘ए साथी सुन’ को टिकट बुकिङ खुल्ला
काठमाडौ- जेष्ठ ५ गतेबाट देशभर प्रदर्सनमा आउदै गरेको चलचित्र ‘ए साथी सुन’ को टिकट बुकिङ खुलेको छ।
एभान इन्टरटेनमेन्टको ब्यानरमा निर्माण राम राघब आचार्यको कथा तथा निर्देशनमा रहेको चलचित्र ‘ए साथी सुन’ को टिकट बुकिङ खुलेको हो। चलचित्रमा रमेश बानियाँ र बर्षा शिवाकोटीको मुख्य अभिनय रहेको छ।
चलचित्र निर्माणका क्रममा यो टिमले ठुला साना समस्य झेल्दै आएको थियो । चलचित्रकि निर्माता बिना कार्कीले कला-साहित्यमा रुचि राख्ने श्रीमानलाई ‘सरप्राईज’ दिन ‘ए साथी सुन’ निर्माण गरेकी थिइन तर जिन्दगीले उनलाई नै श्रीमानलाई चलचित्र बारे भन्न नपाउदै दुबईको बिदेशी भुमिमा कोभिड १९ को महामारीले चुडेर ‘सरप्राईज’ दियो।
‘ए साथी सुन’ निर्माणकै क्रममा यो टिमले कलाकार जयनन्द लामालाई समेत गुमायो। सम्भवत कलाकार लामाको यो अन्तिम चलचित्र हो।